Breaking

लघुवित्तको नीतिलाई लिएर सदनमा पनि उठ्यो प्रश्न, कारबाही गर्न सांसदहरुको माग


काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सांसदहरुले पछिल्लो समय देखिएकाराजनीतिक घटनाक्रम र समसामयिकविषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरुले राष्ट्रपति चयनमाभइरहेकोबाह्यचलखेलमाआक्रोशदेखि बदनियतले कामगर्ने लघुवित्त संस्थाहरुलाई कारबाहीगर्नसम्ममाग गरे । प्रतिनिधिसभा बैठकमा करिब साढे तीन घण्टा चलेको बुधबारको बैठकमा सांसदहरुले पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रम र समसामयिकविषयमा सरकारको ध्यानाकर्षण गराए।जहाँ राष्ट्रपति चयनमाभइरहेको बाह्यचलखेलमाआक्रोशदेखि बदनियतका साथकामगर्ने लघुवित्तहरुलाई कारबाहीगर्न मागगरियो ।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले विदेशीहरुले नेपालमा गरेको भेटघाटबारे नियमनगर्न सरकारसँग मागगरे । नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीयविदेश सचिवविनयमोहनक्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ता र नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नामदिएको घटनाप्रतिआपत्तिजनाउँदै उनले कहिल्यै पराधिननभएको मुलुकको लागिलाजमर्दो विषयभएको टिप्पणी समेत गरे ।

यस्तै नेपालीकाँग्रेसका महामन्त्रीतथा सांसद गगनकुमार थापाले बदनियतले कामगर्ने लघुवित्त संस्थाहरुलाई कारबाहीगर्न मागगरे । सांसद थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथावित्तीय संस्थाहरुको सामाजिकउत्तरदायित्वको रकमबाट राहतदिनआवश्यक रहेकाबताए । उनले लघुवित्तका कारण कयौंगरिवजनतामाथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे ।

नेपालमजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गाखरिद गर्न नपाउने गरी कानुनीव्यवस्थागर्नुपर्ने प्रस्तावगरेका छन् । देशको सन्तुलितविकास र काठमाडौं उपत्यकामाआउने विपद् व्यवस्थापनकालागिपनिप्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्चअधिकारीहरुले काठमाडौं उपत्यकामा घरजग्गाखरिद गर्न नपाउने कानुनीव्यवस्थागर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपालबालमन्दिरसम्बन्धिउच्चस्तरीय जाँचबुझआयोग’को प्रतिवेदनतत्काल सार्वजनिकगर्न सरकारसँग मागगरिन् ।

उनलेबालमन्दिरको मात्रै २८ रोपनीजग्गात्यहाँकापदाधिकारीले आफूखुसीभोगचलनगर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायतकाविषयमा छानवीन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिकगर्नुपर्ने बताइन् । बैठकमा देशमाअहिलेको व्यवस्थाभन्दापनिपहिलेको निर्दलीयपञ्चायतकालमा राम्रो अवस्थाथियो भन्ने भाष्य स्थापनागर्न खोजिएको भन्दै सांसदहरुले आपत्तिजनाएका छन् । उनीहरुले बैठकमा कुनै पनिहालतमानिरंकुशता स्वीकार्य नहुने पनिबताएकाथिए ।