Breaking

ओलीको बलमा माधवको भाउ बढ्यो, राष्ट्रपतिमा प्रचण्ड–देउवालाई धम्क्याउँदै माधव, एकपछि अर्को दौड


काठमाडौँ — राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेर आफ्नै नाम अघि सारिरहेका दलहरुले दौडधुपलाई तीव्र बनाएका छन् । तर अहिलेसम्म कुनै व्यक्तिका नाममा सहमति जुटेको छैन । राष्ट्रपतिको विषयलाई लिएर राजनीतिक दलहरुमात्रै होइन विदेश कुटनीति नियोगहरु पनि यतिबेला मैदान झरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संकटमा सिधा सिधा प्रस्ताव गरेको विषयलाई माधवकुमार नेपालले घुमाउरो शैलीमा प्रस्ताव आएको दाबी गरे । मतलब, माधव पनि ओलीको प्रस्ताव परिपक्क नभएसम्म अन्य सहयात्री दललाई चिड्ढयाउने नीतिमा छैन ।

यसैकारण आफ्नै नेता किसान श्रेष्ठको घरमा ओलीसँग चार घण्टा लामो संवाद भएको विषयलाई रोकेर माधवकाँग्रेस–एमाले दुबैसँग बाग्रेनिङ गरिरहेका छन् । ओलीको प्रस्तावपछि माधवकुमार नेपाल बुधबार बेलुकामात्रै देउवा निवास पुगेर संवाद गरेका छन् । किनकि संविधान निर्माणदेखि गणतन्त्र प्राप्तीका लागि होमिएका दुवै अनुभवी पूर्वप्रधानमन्त्री आफ्नै पार्टीमा भएकाले आफ्नो दाबी हुनु शक्ति सन्तुलन र सहमतिका हिसावले सही भएको नेताहरु बताउँछन् ।

राष्ट्रपतिको रस्साकस्सीमा रहेका राजनीतिक दलहरुमात्रै होइन विदेश कुटनीति नियोगहरु पनि यतिबेला मैदान झरेका छन् । चिनियाँ राजदूतले एकैदिन प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता गरे । लगत्तै माधव देउवालाई भेट्न पुगे । राष्ट्रपतिका आकांक्षीद्धय रामचन्द्र पौडेलर माधव नेपाल एकले अर्कालाई सहयोग माग्न वार्तामा बसे ।आजमात्रै ओली र प्रचण्डबीच बालुवाटारमा भेट भयो । मुलतः प्रमुख पार्टीहरु यतिबेला आफु अनुकुलकै राष्ट्रपतिको खोजीमा छन् ।काँग्रेस भने, पाँच दलीय चुनावी गठबन्धनबाटै राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड तयार भएकाले आफ्नै उम्मेदवार राष्ट्रपति बन्नेमा ढुक्क बन्दै गएको छ ।

प्रचण्डको प्रस्ताव भने देउवार सिटौलामध्ये एकलाई राष्ट्रपति बनाएर काँग्रेस अघि बढे राष्ट्रिय सहमति खोज्न सहज हुनेमात्रै होइन कि, ओलीको प्रस्तावमा परेका माधवलाई पन्छ्याउन सजिलो हुने बुझाईमा पनि छन् । तर ओलीको प्रस्तावले हौसिएका माधवलाई रोक्न वा रिझाउन सहज छैन । किनकि आफु चाहेको व्यक्ति राष्ट्रपति हुने सम्भावना लगभग अन्त्य भएपछि ओलीले प्रचण्डकै भरपर्दाे सहयात्री रहेका माधवलाई पार्टी एकताको प्रस्तावसहित अघि सारेका हुन् ।अब पुस १० को सहमतिकै जगमा यो सरकार बनेका भन्दै एमाले आफ्नै प्रस्तावित व्यक्तिका नाममा राष्ट्रिय सहमति हुने विश्वासमा छ ।

तर पुस १० को परिस्थिति फेरिएको भन्दै माओवादीको बोली पनि फेरिएको छ । उसले अझै राष्ट्रिय सहमतिको खोजी हुनुपर्ने बताइरहेको छ । तथापी ओलीले माधवलाई अघि सार्दा झस्किएको माओवादीले आफ्नै दाबी नरहे पनि आफु अनुकुलको व्यक्ति ल्याउन लेखाजोखा गरिरहेकोछ । राष्ट्रिय सहमतिभित्र नीजि स्वार्थ हाबी हुँदा सजिलै सहमति हुने सम्भावना न्यून बन्दै गएको छ ।सबै दलहरु आफ्नै नाममा राष्ट्रिय सहमति खोजिरहेका छन् । यसले फागुन १३ को मनोनयन दर्ता नभएसम्म राजनीति राष्ट्रपतिको रडाकोमै सीमित बन्नेछ ।