Breaking

पार्टीका नेताहरुलाई लिएर माधव नेपाल पुगे देउवा निवास


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल धुम्बाराहीस्थित देउवा निवास पुगेका देउवा निकट स्रोतले बताएको छ ।

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै नेताहरुको दौडधुप बढेको छ ।