Breaking

नेपाल प्रहरीका डीआईजी सिंहले बुझाए राजीनामा


काठमाडौँ — नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् ।

२०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ । सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए । सिंहले राजीनामा दिएसंगै भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।