Breaking

राष्ट्रपतिको खोजी : प्रचण्ड-देउवा तह लगाउँदै ओली, माधव राष्ट्रपति बने-ओली प्रधानमन्त्री (भिडियोसहित)


काठमाडौँ — गणतान्त्रिक कालखण्डको एक दशक पनि व्यतीत नहुँदै संवैधानिक भूमिकामा रहने राष्ट्रपतिको पदलाई स्वयं गणतान्त्रिक कित्ता अर्थात् संविधानका पक्षधर शक्तिहरूबाटै विवादमा ल्याइँदै छ  ।

राष्ट्रपतिको पदलाइ दाउमा राखेर सत्ता प्राप्ति र थमौतिका लागि जुनसुकै हर्कत गर्न प्रतिस्पर्धा गरिरहेका केही दलले राष्ट्रपतिको निर्वाचनलाई समीकरण फेरबदलको कोसेढुंगा बनाउन खोजिरहेका छन् । लाज, घीन र नैतिकता सबै परित्याग गरी जीवनको अन्तिम सत्य केवल सत्ता मात्र हो भनेझैं गरेर महिनैपिच्छे समीकरणको फेरबदलमा लाग्ने त्यस्ता दलहरूको क्रियाकलापका कारण जनता आजित भएका छन् भने संविधानविरोधी पश्चगामी शक्तिहरू जिब्रो फड्कारेर यसको स्वाद लिइरहेका छन् ।

केही हप्ताअघिसम्म प्रचण्डकै साथमा यो देशको राष्ट्रपतिमा सुवास नेम्वाङ, ईश्वर पोखरेल र अष्टलक्ष्मी शाक्यहरुको नाम चर्चामा थियो । तर अहिले उनीहरु पानीको फोको बने । प्रचण्डले छोइदिए प्वाट्ट फुटे । पानीको फोका सरेर राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्ण सिटौला कहाँ पुग्यो । तर प्रचण्डले देउवालाई राष्ट्रपति बन्न प्रस्ताव गरे । उमेरले ८० कटेका देउवा पनि ७ पटकको प्रधानमन्त्री भन्दा ओलीसहितको साथमा राष्ट्रपति बन्न नचाहेका होइनन् । तर सुनिश्चिता नभएपछि देउवाले भेउ पाएनन् । अहिले एकाएक माधवमा रहर पलाएको छ । संकटमा परेका ओली माधव बोक्न तयार भएपछि संवाद भयो । प्रस्ताव अघि बढ्यो । आजभोलि नै निर्वाचन हुन्थ्यो भने, यो देशको राष्ट्रपति माधव नेपाल बनिसक्थ्ये । तर निर्वाचन आउन अझ धेरै दिन बाँकी छ । राजनीतिमा अझ धेरै गोप्य वार्ता हुन बाँकी नै छन् । २०६५ सालको पहिलो राष्ट्रपतिय निर्वाचनको झल्को अहिले पनि देखिँदै छ । उम्मेदवारी दिँदा एउटा गठबन्धन थियो, रामवरणले जित्दा अर्के गठबन्धन बन्यो । ठिक त्यही झल्को दिने राजनीति अहिले चलिरहेको छ ।त्यसो भए, को बन्ला अबको राष्ट्रपति ?माधव नेपाल वा रामचन्द्र पौडेल ?भारतको रोजाइमा परेका महन्थ वा सिटौला ? या प्रचण्डको रोजाइमा परेका पात्रले मार्लान बाजी ?आलंकारिक पदमै किन हुँदैछ हानथाप ? आफु प्रधानमन्त्री बन्नकै लागि आफु अनुकुल राष्ट्रपति खोजि भएको हो ?