Breaking

प्रचण्ड र ओलीबीच ‘वान वान’ वार्ता सुरू


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ओली केहीबेरअघिमात्र बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच ‘वान वान’ वार्ता सुरु भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । उनीहरूले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल गर्न लागेको स्रोतले बताएको छ ।

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन् । फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

नेपाली कांग्रेसले एकरदुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ । राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ ।

केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन् ।