समाचार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका-४, पेन्सन क्याम्पचोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चितवनको भरतपुर महानगरपालिका–१० बस्ने भारतीय नागरिक २० वर्षीय पिंकु यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार बाराको सेमरनगढ नगरपालिका-१, खजानीका २२ बर्षीय अंगत जैसवाल घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ११ प ४१८ नम्बरको मोटरसाइकल साढे ९ बजे अनियन्त्रित भई पल्टिएको थियो ।