Breaking

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगे चिनियाँ राजदूत


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपालका लाग चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन् ।​ सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ ।

राष्ट्रपति निर्वाचनमा चीन,भारत, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन् । चिनियाँ राजदूत छन सोङ पनि दलका शीर्ष नेतासँग भेटघाटमा सक्रिय बनेका हुन् ।