Breaking

महन्थलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर देउवा भेट्न जाँदै लोसपा नेताहरू


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । बिहान साढे ९ बजे सभापति देउवालाई भेट्न लोसपा नेताहरु धुम्बाराही जाने कार्यक्रम रहेको छ ।

लोसपा नेता केशव झाका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने मागसहित कांग्रेस सभापति देउवालाई भेट गर्न लागिएको हो । यसअघि मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सोही प्रस्ताव गरेको लोसपा निकट स्रोतले जानकारी दियो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दलहरूले दौडधुप बढाएका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । नेपाली कांग्रेसले एकरदुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ ।

राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ ।

केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन् ।