Breaking

भूकम्पबाट संहालिँदै गरेको टर्कीमा पुन शक्तिशाल भूकम्प, डर र अत्यास पैदा


काठमाडौँ — गत फेब्रअरी ६ तारिखमा गएको शक्तिशाली भूकम्पबाट संहालिँदै गरेको टर्कीमा पुनः ६ दशमलव ४ म्याग्नेच्युडको शक्तिशाली भुकम्प गएको छ । टर्कीको समयानुसार रातीको ८ बजेर ४ मिनेटमा भुकम्प गएपछि कयौं परकम्पको महसुस गरिएको छ । टर्कीमा फेरि दुईवटा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा फेरि दुईवटा शक्तिशाली भुकम्प गएको हो । उक्त भूकम्पमा परेर कम्तीमा तीन जनाको ज्यान गएको पुष्टि भएको छ । टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयअनुसार सोमवार साँझ ८ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्प मापन गरिएको जनाएको छ ।

भुकम्प पहिलो भसकम्प ६.४ म्याग्निच्यूडको र त्यसको केही मिनेटमै ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । यी भूकम्पका कारण ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ । अहिलेका भूकम्पले भौतिक संरचनाहरूमा थप क्षति र्पुयाएको छ । उद्धारकर्मीहरू भूकम्पले फेरि भत्काइदिएका भवनमा फसेका मानिसहरूको खोजीमा जुटेका छन । फेब्रुअरी ६ मा आएका विनाशकारी भूकम्पका कारण कमजोर बनेका धेरै भवनहरू सोमवार साँझ भत्किए । उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निच्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन् । सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ । भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ । पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो । सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ ।

त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निच्यूडको थियो । उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ । एम्बुलेन्स र उद्धारटोलीहरू सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुगेका छन् । गत फेब्रुअरी ६ मा गएको भूकम्पमा नभत्किएका कतिपय संरचनाहरू अहिले भत्किएका छन् । सडकमा गहिरा चिराहरू परेका छन् । त्यसले गर्दा कतिपय ठाउँमा आपत्कालीन सेवा र्पुयाउन सकिएको छैन ।