Breaking

देउवालाई ओलीको धक्का,माधव राष्ट्रपतिमा पक्का ! के छ प्रचण्डको नयाँ रणनीति ?


काठमाडौँ — राष्ट्रपति निर्वाचनमा केन्द्रीत राजनीति र नजिकिदो निर्वाचनमितिले दलहरु आ–आफ्नै दाउपेचमाव्यस्त छन् ।जहाँ निर्णायक बनेको माओवादीलेदोधारे चरित्र देखाईरहेको छ भने अन्तिममौका भन्दै कांग्रेस ढोक्साथापेर बसेको छ । जसले सत्ता समिकरण परिवर्तनसम्मको आकंलनगरिदा एमाले पनिअन्यदलको रणनिति फेल गराउने लागि परेको छ । जसले राष्ट्रपतिको लागिभएको भिडन्त झन् भन्दाझन् जटिल मोडमा पुगेको छ । राष्ट्रपतिका लागिउम्मेद्वारीको मितिअर्थात फागनु १३ गते नजिकिदै जाँदात्यतिकै संख्याकाहाराहारीमाआकांक्षीकानामचर्चामाआईसकेको छ ।

अकस्मातएक ठाँउमा उभिएकामाओवादीएमालेले गठबन्धन निर्माण हुँदै गर्दायो पदएमालेलाई दिने सहमती गरेको भएपनिअहिले परिस्थिती बद्लिएपछि यो रस्साकस्सी देखिएको हो । जहाँ पुस १० को परिस्थितीमा परिवर्तन आईसकेको भन्दै माओवादीले राष्ट्रिय सहमतीको रटान अझबलियो बनाएको छ भने अन्यदलहरुआ–आफ्नै रणनितिमा व्यस्त छन् । समयक्रमले पुसभरी राष्ट्रपति एमालेको भनिएपनि माघवाट सुरु भएको राष्ट्रिय सहमतीको रटानले फागुनसम्मआईपुग्दास्वयं एमाले नै गलेको छ । आफ्ना हातथामिदिने आशागरिएकारास्वपामाथि परेको वज्रपात र कांग्रेसले थामिदिएको प्रचण्डको हातले अहिले निर्णायकमामाओवादीबन्नपुगेको छ । यहिप्रतिकुल परिस्थिीका कारण कांग्रेसले आफ्नो सक्रियतातिव्र बनायो ।

फलत ः वालुवाटार पुगेर प्रचण्डलाई निर्णायककदमचाल्नदवावदिएको उसले माओवादीको वैठक बस्नुपर्नेसम्मको अवस्थासिर्जना गर्यो । यताप्रचण्डले पनिओलीले चाल्न सक्ने सम्भावित रणनितिप्रति सचेत रहँदै एमालेले उम्मेद्वार उठाए कांग्रेसलाई नै सघाउने सावधानीयुक्तआश्वासनदिलाए । संगै देउवा नै यसको उपयुक्तपात्रहुनसक्ने समेत प्रस्ताव राखेका उनले कांग्रेसले उम्मेदवार बारे निर्णय गरे आफूलाई सजिलो हुनेसम्मभन्नभ्याए । जसलाई कांग्रेले शंकाले हेर्दा देउवालाई विश्वासमापार्ने संकेत नै हुनसक्छ पदाधिकारी वैठक बसाएर माहोवादीले राष्ट्रपतिबारे निर्णय लिने अधिकार नै अध्यक्षलाई दिएको छ ।

तर पछिल्लो परिस्थितीले गलेका ओलीले पनिअहिलेआफ्नो दोश्रो अश्त्रफालेका छन् । अर्थात एमालेबाटै उम्मेद्वार हुने र त्यसलाई गठबन्धनबाट सर्वसहमतबनाएर राष्ट्रिय सहमतीको रुपमाअघि सार्ने अड्डीबाट ओलीअहिले पछि हटेका छन । तरउनी एक कदम अघि बढ्दै माधव नेपाललाई अघि सारेर प्रचण्डलाई नै काउन्टर दिनभ्याएका छन् । प्रचण्डको बचनले निरन्तर हौसिएको कांग्रेस ओलीको यो प्रस्तावले चस्का दिएको छ । जहाँमाधवले ईच्छा देखाउने भन्दाओलीको नजरमामाधव परेपछि प्रचण्ड समेत तनावमा परेका छन् । किनभने नेपालउम्मेद्वार बने कांग्रेसलाई सहयोग गर्न माओवादीलाई नैतिकताले छेक्नेछ ।

यसले कांग्रेसको ढोक्सामा माछा पनिनपर्ने तथा प्रचण्ड–देउवाविचआशंकाको विजारोपण हुने र पाँचै वर्ष बालुवाटारमा डेरा जमाउने आफ्नो सपनातुहिनेमा प्रचण्ड चिन्तित देखिन्छन् । यताओलीको रणनीतिमाधवलाई राष्ट्रपतिमा व्यवस्थापन गरेरएकीकृत समाजवादीलाई एमालेमाविलय गराउँदै पहिलो दलबनाउने रहेको छ । यो परिस्थितीनिर्माण भएआफू संसदको ठुलो दलबन्ने तथा राप्रपा र रास्वपाको साथपनिपाईने विश्वासमा रहेका ओलीसरकारलाई दिएको समर्थन फिर्ता गर्नेसम्मपुग्न सक्छन । जसले ठुलो दलकारुपमाओलीलाई प्रधानमन्त्रीबन्ने बाटो खुल्लाहुनेछ । यहि कारण माधवसंग ओलीले गोप्यवार्ता नै गरका छन् । यद्यपीआफू ईपिसेन्टर बनेको बुझेकामाधवले भने कसैको लागिवलदानीनदिने बताईसकेका छन् ।

अहिले सरकारकालागिएक समिकरण भएपनि राजनीतिक रुपमात्यो अस्थित्वविहीन छ । जसले प्रतिपक्ष सुन्य र एकै पक्षको देखिएको राजनितिको जमेको पानीमा राष्ट्रपति निर्वाचनपछिको अवस्थाले निकाशदिने छ । फलत ः निर्णायकमतवोकेर बसेका प्रचण्ड प्रधानमन्त्रीमा सुरक्षितभएपनिउनले राष्ट्रपतिमा चाल्ने कदमले राष्ट्रिय राजनीतिदुई धारमाविजाजितहुने छ । जसले एमाले वाकांग्रेस एकले लज्जावोध गर्दै प्रतिपक्षमाखुम्चिने अवस्थाभोग्ने छन । यद्यपीअस्थिर संसदको अंकगणितका कारण राष्ट्रपति जसको हुन्छ उसले अर्को समिकरणको सुरुवातनगर्लान भन्नसकिने अवस्था छैन ।