Breaking

पुटिनद्वारा अमेरिकी आणविक हतियार सम्झौता निलम्बन, युद्ध जारी राख्ने संकेत


काठमाडौँ — युक्रेनमाथि हमला गरेको एक वर्ष पुग्नु केही दिनअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग बाँकी रहेको एउटा आणविक सन्धीमा रूस सहभागी नहुने बताएका छन् । मंगलबार मस्कोमा रूसको संसदलाई सम्बोधन गर्दै पुटिनले युक्रेन युद्ध पश्चिमाहरूले सुरू गरेको आरोप लगाए । सम्बोधनका क्रममा उनले अमेरिकासँग भएको स्ट्राटेजी आर्म्स रिडक्सन ट्रिटी निलम्बन भएको घोषणा गरेका हुन्। आणविक हतियारको नियन्त्रणका लागि वासिङ्टन र मस्कोबीच भएको यो सन्धी सन् २०२६ मा सकिनेवाला थियो ।

एक घन्टा ४५ मिनेट लामो सम्बोधनका क्रममा पुटिनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) लाई रूसको सीमासम्म बिस्तार गरेर रूसलाई खत्तम पार्न खोजिएपछि युक्रेनमाथि आक्रमणको अवस्था बनेको बताए । गत वर्ष फेब्रुअरी २६ मा पुटिनले युक्रेनमाथि आक्रमण गर्न निर्देशन दिएका थिए। एक वर्षदेखि जारी युद्धमा दुबैतर्फका हजारौं सैनिकले मारिएका छन् । सुरूमा पुटिनले युक्रेनमाथिको विशेष कारबाही केही दिनमा सकिने बताएका थिए। एक वर्षसम्म लम्बिएको युद्ध अझै जारी राख्ने पुटिनले संकेत गरेका छन् । रूसलाई पराजित गर्नु असम्भव छ,’ पुटिनले भनेका छन् । एजेन्सी