देश

छपकहियामा पंच कुण्डीय विष्णु महायज्ञ सुरु, यज्ञ स्थलमा हेलिकप्टरद्वारा पुष्प वर्षा


काठमाडौँ — सर्लाहीको कौडेना गाउँपालिका वडा न.५ छपकहियामा पंच कुण्डीय विष्णु महायज्ञ एवं श्रीराम कथा सुरु भएको छ । विश्व कल्याण हेतु आयोजना गरिएको महायज्ञको पहिलो दिन मंगलबार सयौं महिला तथा कन्याहरु द्बारा कलश यात्रा निकालिएको थियो । सोही दिन स्थानीय समाजसेवी राम केवल साह रौनियारले आफ्नो व्यक्तिगत खर्चमा काठमाडौबाट हेलिकप्टर मगाएर यज्ञ स्थलमा पुष्प वर्षा गराएर महायज्ञलाई थप भब्य बनाएका थिए ।त्यस्तै कलश यात्रामा सहभागीहरुसहित साधुसंत तथा स्थानीयबासीहरुलाई मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले पनि व्यक्तिगत रुपमा भोजनको व्यवस्था गरि सहयोग गरेका थिए ।

बुधबार १० गतेदेखि मंगलबार १६ गतेसम्म संचालन हुने यस महायज्ञ र श्रीराम कथालाई सफलता पुर्वक सम्पन्न गराउन दर्जनौं श्रद्घालुहरुले आ(आफ्नो तरिकाले व्यक्तिरुपमा सहयोग गरेका छन् । हवन गर्दा जलाईने धुप, तिल र घ्युको धुवाले वातावरणलाई सफा र शुद्ध राख्नुका का साथै यज्ञ तथा हवन गर्दा देशमा सुख, शान्ति र जनमानसमा आपसी भाइचारा कायम हुने विश्वासका साथ उक्त महायज्ञको आयोजना गरिएको समाजसेवी रौनियारले बताए ।

सम्पूर्ण छपकैयाबासीद्वारा आयोजित महायज्ञको उद्घाटन समारोहमा सहभागीहुन आएका प्रमुख जिल्ला अधिकारी,सर्लाही प्रहरी प्रमुख ,सशस्त्र प्रहरी प्रमुख , अनुसंधान प्रमुख ,कौडेना गापा प्रमुख ,मलंगवा नपा प्रमुख लगायतका विशिष्ट व्यक्तिरुले यस पवित्र महायज्ञमा सहभागी गराएर पुण्यको भागिदार बनाएको भन्दै आयोजकलाई धन्यबाद दिंदै महायज्ञको सफलताको कामना गरेका थिए ।