Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

साहुले बन्धकी राखेको जग्गा अर्कैलाई बेचेर फरार भएपछि मजदुर परिवारको बिचल्ली ,जग्गा फिर्ता नपाए परिवारसहित आत्मदाह गर्ने चेतावनी


काठमाडौँ — सर्लाहीको साविक गाविस वडा न-५ घरभई हाल सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ मा डेरा गरि बस्ने हविव साह फकिरको जग्गा साविक गाविस सुन्दरपुर वडा न-४ बस्ने जाकिर हुसैनले जग्गा धनीलाई थाहै नदिई अर्कै व्यक्तिलाई बेचेपछि एक श्रीमती र दुई नाबालक छोराछोरीसहित फकिर परिवारको उठिबास भएको छ । निजको सम्पत्तिको नाउँमा रहेको १० धुर जग्गा बन्धकि राखेर लिएको श्रृण प व्यजसहित तिर्न तयार भएपनि निजलाई थाहै नदिइ जग्गा बेचिएपछि उनको परिवार बिचल्लीमा परेका हुन । अहिले उनी श्रीमती र दुई नाबालक छोराछोरीसहित जग्गा फिर्ता गराइदिन भन्दै प्रहरी प्रशासन र समाजलाई गुहार्दै भौतारी रहेका छन् । साहु जाकिर हुसैनसँग ४० हजार रुपैया मात्र श्रृण लिएका फकिर हुसैनको बैमानीका कारण भएको १० धुर जमिन गुमाउनु परेको छ ।

पिडित फकिरका अनुसार २०५६ साल फाल्गुन ६ गते का दिन साविक सुन्दरपुर गाविस वडा न(४ बस्ने हुसैनसँग मलंगवा वडा न(३ स्थित १० धुर जग्गा बन्धकी राखेर ४० हजार रुपैयाँ श्रृण लिएका थिए।निज साहुसँग २०५९ साल आश्विन ६ गतेका दिन सम्पूर्ण हिसाब गराएको र निजले गरेको हिसाब अनुसार व्याजसहित जम्मा ८८ हजार ५ सय ७६ रुपैया ८७ पैसा भएको र आफु सो पैसा दिन तयार रहेकोले साहुले आफुलाई रजिष्ट्रेशन लेखाइ राख्न भनेकोमा निजले भनेकै अनुसार त्यो दिन बाटो पर्खेर बस्दा(बस्दै साहु आएन र मेरो जग्गा फिर्ता भएन । पटकपटक निज साहुलाई आफ्नो जग्गा फिर्ता पाउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा झिकाउँदा पनि न्याय नपाएको उनले गुनासो गरे।न्यायको लागि झण्डै २ दशक हुन लाग्यो तर हालसम्म न्याय नपाएको उनले दुखेसो पोखे ।

जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले उल्टै आफुलाई नै हप्काएर पठाउने गरेको पिडित फकिरले आँखाबाट आँसु झार्दै दुखेसो पोखे । निज साहुले मेरो र।न ४१५१ को जग्गा मलंगवा नगरपालिका वडा न(३ कै एक व्यक्ति कैमरुदिन चरिहारलाई ५० लाख रुपैयाँमा बेचेर फरार भइसकेकोले आफ्नै आँखा अगाडी आफ्नै जग्गामा अरु नै व्यक्तिले भोगचलन गरेको देखेर मर्नु न बाँच्नु जस्तो भएको छ । चारै तिर भौतारिंदा-भौतारिंदा केही सीप नलागे पछि बाध्य भएर न्यायको लागि पत्रकारहरुकोमा आएकोले अबपनि जग्गा फिर्ता नपाएपछि स-परिवार आत्मदाह गर्ने पिडित फकिरले चेतावनी दिएका छन् । साहु जाकिर हुसैन पैसाको बलमा बच्दै आएको छ तर आफुलाई परिवारको दुई छाक टार्न समेत मजदुरी गर्नुपर्ने भएकोले न्यायबाट बन्चित हुनु परेको पिडित फकिरले पत्रकारहरु सँग दुखेसो पोखे ।