Breaking

ओलीलाई प्रचण्डको धोका ! देउवालाई राष्ट्रपति पक्का, सत्ता समीकरणमा नयाँ तरङ, के गर्छ एमाले ?


काठमााडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको देखिएको राजनितिक परिस्थितीलाई निकास दिन वारपार गर्ने रणनितिमा पुगेपछि सत्ता गठबन्धन सारभूत रुपमा टुटेको विश्लेषण सुरु भएको छ । योसंगै ओली संग कि राष्ट्रपतिमा लचकता कि गठबन्धनबाट बाहिर जानेमध्ये एक विकल्प वाँकि रहेको छ । जहाँ अवको समिकरण कस्तो बन्ने निर्णय समेत प्रचण्डको हातमा पुगेको छ । राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्यको टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुने अभिव्यक्ति दिएर वालुवाटार हानिएका माधवकुमार नेपाल प्रधानमन्त्रीलाई दवाव दिने सोचमा थिए । फलत संगै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि संगै लिएर गएका उनले आइतबर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग लामो छलफल गरे ।

जहाँ उनीहरु दुवैले एकै स्वरमा अव प्रचण्डलाई धेरै कुर्न नसक्ने मात्र बताएनन् बरु पुरानो गठबन्धन ब्युताउने कि नाई भन्ने प्रश्न समेत गरे । उत्तरमा आफू त्यसका लागि तयार भएको बताएका प्रचण्डले विकल्प दिन आग्रह गरे । विकल्पमा कांग्रेससंग छलफल गनुपर्ने बताएका माधव उपेन्द्रले ठोस निर्णय गर्न नै सुझाए । कांग्रेसको पार्टीगत धारणा आउने र सवै पक्ष समेटिने छलफल गर्नुपर्ने उनीहरुको यहि सुझावकै कारण प्रचण्डले देउवालाई खवर पठाए भने देउवा पूर्णवहादुर खड्का रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला र गगन थापा वालुवाटार पसे । तर यसको सेटिङ भने माधव उपेन्द्र माफर्त देउवा नै गरेका थिए ।

छलफलमा राष्ट्रपतिमा एकीकृत समाजवादी बाट झलनाथ खनाल वा माधवको चर्चा भयो भने उपेन्द्र यादवले उपराष्ट्रपति आफूलाई मागे । २ घण्टा चलेको कांग्रेस र प्रचण्डवीचको छलफलमा कांग्रेसभित्रको आन्तरिक राजनीतीसम्मको कुरा आयो । एकपछि अर्को विकल्पमा छलफलका क्रममा तीन बर्ष प्रचण्ड प्रधानमन्त्री हुने र दुई बर्षे चुनावी सरकरको नेतृत्व कांग्रेसले गर्नेसम्मका विषय आए । त्यसमा राष्ट्रपति कांग्रेसले पाउने भए देउवा उपयुक्त पात्र हुने प्रचण्डको भनाईमा त्यसो भए एमाले प्रदेश र केन्द्रमै प्रतिपक्षमा जाने बताएका देउवाले आफ्ना नाममा ओलीले भोट नहाल्ने बताए । जवाफमा प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई वचन दिएको जानकारी ओलीलाई दिएको बताएको र मनाउने काम आफ्नो भएको बताएका थिए ।

यद्यपी यसलाई अव निर्णयकै रुपमा अघि सानुपर्ने कांग्रेस नेताहरुको सुझावकै कारण आजका लागि प्रचण्डले पदाधिकारी वैठक वोलाएका हुन । देउवाको विकल्पमा राष्ट्रपतिमा पुराना नेता कुलबहादुर गुरुङ, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा समेत चर्चा छ । जहाँ एक सिट भएपनि घट्ने भन्दै रामचन्द्र पौडेलको वाटो रोकियो भने विकल्पमा छलफल गरिएको दुई बर्षे चुनावी सरकारको नेतृत्वमा पौडेल समेटिन सक्ने प्रचण्डको आश्वासन थियो । यसको अर्थ आईतबारको छलफलले राष्ट्रपति कांग्रेसको भागमा पर्ने निश्चित भएको प्रचण्डको सावधानीयुक्त उत्तरले कांग्रेस सत प्रतिशत भन्ने पक्का भने छैन ।

यता मध्यमार्गी बाटो खोजिरहेका ओली पनि यसै चुप बस्ने अवस्था छैन । आफू प्रतिपक्षमा पुग्नु परे प्राप्त पद सवै गुमाउनुपर्ने तथा पाँचबर्ष सत्ता बाहिर बस्नुपर्ने बुझेका उनले चाल्न सक्ने कदमले प्रचण्डलाई तनाव दिएको छ । अर्थात यदि ओलीले एमालेबाटै उम्मेदवार अघि सारे पार्टीबाटै औपचारिक निर्णय गरेर कांग्रेस उम्मेदवारलाई सघाउने वचन दिएका उनले ओलीले नै माधवलाई अघि सारे कांग्रेसले पनि उनलाई समर्थन गनुपर्ने विषय उठाएका थिए ।

जसको संकेत समेत आफूले पाएको प्रचण्डले बताएपछि उनी यहि गठबन्धन कायम राख्ने तर आफूलाई सन्तुलन कायम राख्ने अश्त्रका रुपमा प्रयोग गर्न खोजिरहेका छैनन भन्ने आशंका कांग्रेस नेताहरुमा उब्जिएको छ । अर्कातर्फ माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिनासाथ एमाले सत्ताबाट बाहिरिने आकलन प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूको छ । यहि कारणलाई देखाँउदै प्रचण्डले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाए अघि बढ्न सहज हुने बताएका थिए । जवकि देउवा भने निर्णायक अंकभार रहेको माओवादीले निर्णय गरेपछि मात्रै उम्मेद्वारको टुङ्गो लगाउने रणनितिमा छन ।

तरल देखिएको यहि राजनीतिक परिस्थितीका कारण राष्ट्रपति कांग्रेसकै भएपनि एमाले तत्काल प्रतिपक्षमा पुग्ला भन्ने विषयमा कांग्रेस नेताहरु नै विश्वस्त छैनन । यहि कारण उनीहरु राष्ट्रिय सहमतीको आडमा कांग्रेसले राष्ट्रपति पाउने भएपनि त्यो आफ्नो सत्तारोहण नभएको दुविधायुक्त उत्तर दिईरहेका छन । यद्यपी अनिष्ठ मित्र बनाएर पद नै दिईसकेपछि एमालेमाथि प्रचण्डको पेलान बढ्नेमा दुई मत छैन । यस दृष्टिबाट लाचार बनेर नबसे एमालेको सत्तायात्रा माओवादीले राष्ट्रपतिबारे निर्णय गरेकै दिनबाट सकिने छ ।