Breaking

साधुसन्त बिदाइको दृश्य, कोहीआक्रोशित कोही सन्तुष्ट, साधुको गुनासो–पैसा होइन सम्मान देऊ


काठमाडौँ — शिवरात्रीमाआएका साधुसन्तलाई विकास कोषले बिदाई गरेको छ । विभिन्नतहमा छुट्याइएका साधुहरुलाई योग्यताअनुसारको दक्षिणा दिएर सम्मानसाथविदाई गरिएको हो । महाशिवरात्रिपर्वका लागिदेश तथाविदेशबाट राष्ट्रदेव पशुपतिनाथमाआएकासाधुसन्तको बिदाई गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोष र पशुपति गुठी संस्थानले संयुक्त रुपमा साधुसन्तलाई ससम्मानविदाई गरेको हो । ८ तहमाविभाजनगरिएका साधुहरुलाई । न्युनतम२ सय देखि ९ हजारसम्म दक्षिणा प्रदानगरिएको थियो । सेतो, गाडा आकाशे, पहेलो,आकाशे, सुन्तला, गुलाबी र हरियो रङको आधारमावरिष्ठताको वर्गीकरण गरिएका साधुसन्तलाई सम्मान स्वरुप रुद्राक्षको मालापनिप्रदानगरिएको थियो ।

परापूर्वककाल देखि नै महाशिवरात्रीको अवसरमा छिमेकीमुलुकभारतसहितअन्य देशबाट आउने साधुसन्तलाई सम्मान स्वरुपविदाई गर्ने परम्परा चलिआएको छ । शिवरात्रीको रौनककै रुपमापनि हेरिने साधु बाबाहरु शिवरात्रीको पूर्व सन्ध्यामापशुपतिनाथमाआई अखडा बनाएर बस्ने गर्दछन् । जसमा सामान्य साधुदेखि दण्डी सन्यासी, दशनामी र नागाबाबाहरु हुने गर्छन् । यसपटक पनि यस्ता साधुहरु ५ हजारभन्दा बढी आएको विकास कोषले जनाएको छ । शिवरात्रीमाआएका साधुहरुलाई विकास कोषले विदाई गर्दै गर्दा साधुसन्तहरुको मिश्रित प्रतिक्रिया रहेको थियो ।

कोहीनिकै आक्रोशितआक्रोशित देखिन्थे भने कोहीविकास कोषले गरेको व्यवस्थाप्रति सन्तुष्ट नै देखिन्थे । साथै भएकाकमीकमजोरीलाई सुधार गरेर लानु पर्ने र पैसा भन्दापनि बढी सम्मानमाध्यानदिन सुझावदिएका छन् । शिवरात्रीमा जस्ता पनि साधुहरु पाशुपत क्षेत्रमाआउँने हुँदा पछिल्लो सयम साधुसन्तबीचनकारात्मक टिकाटिप्पणी हुने गरेको छ । अमर्यादितकार्य गर्ने त्यस्ता साधुहरुले गर्दा सच्च भक्तिले आराध्यदेव पशुपतिको आराधनागर्न आएका साधुहरुमाथिपनिगलतनजरले नजीर बस्न थालेको छ । जसले गर्दा पर्व, संस्कृतिविकृत बन्दै गएको छ । यसैगरी महाशिवरात्रिकाअवसरमापशुपतिनाथमा सङ्कलनभएको भेटिको गणना कार्य पनिआइतबारबाट सुरु भएको कोषले जानकारी दिएको छ ।गणना सक्नअझै पाँच–छ दिनलाग्नेछ ।