Breaking

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी


काठमााडौँ — नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक आज अपरान्ह बसेको हो । अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पदाधिकारी बैठक सुरू भएको जानकारी दिएको छ ।

पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए । उनीहरूबीच राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको थियो । माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।