Breaking

राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले नै पहल गर्नु पर्छ: माधव नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा भएको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालले सहमतिका लागि पहल गर्न सुझाव दिएको बताए ।

सहमतिको लागि मिलाउने काम प्रधानमन्त्रीले गर्नुपर्छ । तपाईंले पहल गर्नुस् भन्ने कुरा राखें,’ भेटपछि नेपालले भने,‘हाम्रो समझदारी बलियो होस् भन्ने हो । लामो यात्रामा जाऔं भनेको छु । राष्ट्रिय सहमतिका लागि प्रयत्न गरौं भन्ने हो ।’