Breaking

तनावमा ओली, कांग्रेसको राष्ट्रपति हत्याउने रणनिति होला सफल ? (भिडियोसहित)


काठमाडौँ – गठबन्धन जोगाउन हदैसम्मको लचकता अपनाउने तर आफ्नो अडान नछाड्ने प्रचण्ड ओलीको परस्पर विरोधी रणनीति कायमै छ । उनीहरुले मध्यमार्गी बाटो समाउने र गठबन्धन कायमै रहने सम्भावना जिवित रहँदा कांग्रेस भने गठबन्धन फुटे जसरी नै उत्साहित बन्दै आएको छ । कांग्रेस किन ढोक्सामा माछा परे जसरी खुसि भईरहेको छ त ?

वर्तमान गठबन्धन जोगाउन हदैसम्मको लचकता देखाउने रणनितिमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत मंगलबार एक कार्यक्रमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने आशंका व्यक्त गरे । देशी विदेशी शक्तीहरु यसमा लागि परेको वताएका उनले माओवादीको राष्ट्रिय सहमतीको रटान यसको कारण भएको बारे भने वोलेनन् ।

अर्थात माओवादीलाई विच्काएर फाइदा नहुने वुझेकै कारण यसको कारण बारम्बार कांग्रेसले ढोक्सा भएको बताँउदै आएका उनले सो दिन पनि यहि रणनिति दोहोर्याए । जहाँ ढोक्सा थापेको कांग्रेसका महामन्त्री गगन थापाले त ओलीले भन्दा एक दिन अघि नै यो गठबन्धनको आयू नै तोकिसकेका थिए । रुपन्देहीको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पुस १० गते निर्माण भएको एमालेसहितको वर्तमान सत्ता गठबन्धनको आयू फागुनको १० गतेसम्ममात्र भएको बताएका थिए ।

यहि रस्साकस्सी पछि पछिल्लो समय ओलीले प्रचण्डसग भेटघाट बढाएका छन कांग्रेस उपसभापती पूर्णवहादुर खड्का र महामन्त्री गगन थापाको दैनिकिको सुरुवात नै वालुवाटरमा प्रचण्ड भेटबाट हुन थालेको छ । दुवैलाई छाड्न नसक्ने बरु पार्टीबाट निर्णय गराएर नै राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने मनस्थितीमा पुगेका प्रचण्डले पनि गठबन्धन नटुट्ने नै बताईरहेका छन । माओवादीका अन्य नेताले समेत राष्ट्रिय सहमती खोज्नु गठबन्धन टुटाउने खेल नभएको बताईरहदा ओलीलाई भेटेपछि प्रचण्डले हिजोमात्रै गठबन्धन टुट्ने-भत्कने कुरै नभएको बताएका थिए । जुन विश्वासमा एमालेका नेताहरु समेत छन । फलत: कांग्रेसका केही नेताहरूले रत्नपार्कको जस्तो सुगा रटाईले सत्ता गठबन्धनलाई कुनै असर नगर्ने भन्दै अभिव्यक्ति दिएका सुवासचन्द्र नेम्बाङ प्रचण्ड र ओलीबीचको नियमित भईरहेको छलफलले यसलाई गलत सावित गराईदिने आशामा छ । जहाँ मन वचन र कर्ममा समेत गठबन्धन टुट्ने खालका नकारात्मकता विकास गराउने नहुने रणनितिमा रहेका उनीहरु प्रचण्डलाई विश्वास गर्ने र कांग्रेस धम्काउने गरिरहेका छन ।

तर कांग्रेस भने पछिल्लो समय ढुक्क देखिन थालेको छ । सत्ताघटक दलहरुको गठबन्धन नभत्किने यहि विश्वास तर कांग्रेसको बढेको आत्मविश्वासकै कारण अहिले प्रचण्डले दिएको वचनमा आधार भएर मात्र कांग्रेस ढुक्क भएको हो त ? भन्ने चासो बढेको छ । जवकि प्रचण्डले पुस १० गते ओलीलाई समेत यस्तै विश्वास दिलाएका थिए । तर कांग्रेस पछिल्लो समय ओली प्रचण्डको सहकार्यले सरकार सन्चालमा देखिएको कठिनाईलाई समेत गठबन्धन फुटाउने अश्त्रका रुपमा प्रयोग गरिरहेको छ ।

यसमा गगन थापाबाट सुरु भएको गठबन्धन फुटको भविष्यवाणि अहिले प्रत्येक कांग्रेस नेताहरुको मुखबाट आईरहेको छ । जसले ओलीको प्रश्नको घेरामा प्रचण्ड अझ चेपिद जादा आफू अनुकुल वातावरण बन्ने कांग्रेसको बुझाई छ । अर्कातर्फ सडक देखि सदनसम्म ओलीलाई निसाना पारेरै संविधान विरोधी र संसदको विघटनकर्ताको रुपमा मात्र करार गराईरहेको कांग्रेस यसलाई प्रचण्डको नैतिकतासम्म पनि जोडिरहेका छन । नाम मात्रको समर्थन गरिरहेका नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेश सरकारलाई समर्थन नगरेको विषयले उत्पन्न परिस्थिती,चुप बसेको जसपा तथा राष्ट्रपतिको निर्वाचनलाई लिएर राप्रपामा बढेको असन्तुष्टिले समेत कांग्रेसको आत्मविश्वास बढाएको छ । यसले गठबन्धनमै पर्नसक्ने प्रभाव ओलीको लचकताले मात्र थेग्न नसक्ने आशामा कांग्रेस छ । अर्कातर्फ भारत र अमेरिका जस्ता वाह्य शक्तीलाई यो गठबन्धन मन नपर्नु तथा क्वात्राको भ्रमणपछि पार्टीभित्रै निर्णय गराउने माओवादी अघि बढ्नुले समेत कांग्रेसको आत्मविश्वास बढेको छ । यहिवीचमा यसले राष्ट्रपति एमालेले पाए देश जुनसुकै वेला मध्यावधीमा जाने डर प्रचण्डलाई देखाईरहेका छन ।