Breaking

पूर्वराजालाई ओलीको दनक, राजा बोक्ने दुर्गा प्रसाईँको ठेक्का (भिडियोसहित)



काठमाडौँ – २०६३ सालमा नारायणहीटीको सुखसयल छाडेर जनताको नासो जनतालाई नै बुझाए भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह नागार्जुन पसे । झण्डै डेढ दशक नागार्जुनको जंगलमा निसास्सिएर बसेका ज्ञानेन्द्रले फागुन १ गते झापाको मेची नगर पुगेर लामो श्वास फेरेका छन् ।

२०६१ माघ १९ को वक्तव्यले सिंहदरबामा रहेका राजनीतिक दलहरुलाई गल हत्याउदै निकाले पछि ज्ञानेन्द्रको अपमानबाट आजित भएका नेताहरुबाट ०६२/६३ को जनआन्दोलनको परिकल्पना भयो । संयो गनै भनौ सिंहदरबारबाट गलहत्याइएका राजनीतिक दल र जंगलबाट शहर पस्न खोजेको विद्रोही माओवादीलाई सहकार्यगर्ने गोरेटो खनिदियो ।जनआन्दोलनको भारले थिचेपछि २०६३ साल बैशाख ११ गते ज्ञानेन्द्र गद्दीच्यूत हुन पुगे । झण्डै १६ वर्ष पछिफागुन १ गते मेचि नगरमा सार्वजनिक कार्यक्रममा झुल्किएका ज्ञानेन्द्रकोनाराणहीटी छोडेपछि नागरिक स्तरको यो पहिला कार्यक्रम हो ।

अरु बेला पारीवारीक जमघट बाहेक विरलै देखिने यो कार्यक्रममा ज्ञानेन्द्र छोरा पारसलाई बोकेरै कार्यक्रम स्थल पुगेका थिए । कार्यक्रममा औपचारीक अभिव्यक्ति नदिएका ज्ञानेन्द्रको सुस्करी उपस्थितीले राष्ट्रिय राजनीतिमा कम्पन्न ल्याएको छ । हुन त ज्ञानेन्द्र कम्मर मर्काउन एलओडी छिर्दा पनि नेताहरुलाई पसिना छुट्ने गरेको थियो । झन सार्वजनिक कार्यक्रममा स्टेजमै उक्लिएर पानसमा बत्ती बालेपछि धेरैको चित्त काटिएको छ । ज्ञानेन्द्रले सक्लाएको पानसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दियोको संज्ञा दिएकाछन् । उनले आफ्नो वरीपरी २–४ जना मान्छे देख्ने वितिकै ज्ञानेन्द्रलाई पहिलाको झझल्को आउने गरेको कटाक्ष गरे ।
छोरो च्यापेर मेची किनारामा झुल्किएका ज्ञानेन्द्रको भौतिक उपस्थिती र प्रजातन्त्र विदवसको पूर्व संध्यामा आएको विज्ञप्तीले फेरि उनि सक्रिय भएको भान पारेको छ ।

राजसंस्थाको वकालत गर्ने राप्रपा सरकारमा भएका बेला ज्ञानेन्द्रले नागरिक स्तरबाट छुट्टै अभियान चलाएर छक्का पन्जा गरीरहेको एकाथरीको बुझाई छ । अहिलेको अभियानमा फन्टलाईनमा दुर्गा प्रसाई देखिएपनि रमा सिंह, केशर बहादुर विष्ट लगायत राजसंस्थाको वकालत गर्ने एउटा तप्का जुर्मुराएरै लागेको छ । यही तप्काको भरमा ज्ञानेन्द्रले अव राजसंस्था र राजनीतिक दलबीच सहकार्य गर्न विलम्ब गर्न नहुने भनेकाछन् । तर चिहानमा पुगको राजसंस्थालाई फेरि जगाएर ल्याउछु भन्ने सपना देख्नु उनको भुल भएको नेताहरुको दाबी छ ।

ज्ञानेन्द्र शाहलाई बेला बेलामा नेपालका चाड पर्व र यस्तै दिवसहरुले आफ्नो भडास पोख्ने मौका दिएको छ । उनि यस्तै मौका हेरेर आफ्नो कुण्ठा पोख्छन् ।राज्यको बागडोर छोडेर नागार्जुनमा थन्किनु पर्दाको पीडा उनले शनिवार जारी गरेको सन्देशमा झल्किन्छ ।

यसले पीडा मात्रै हैन ज्ञानेनद्र तंग्रिन खोजेको सन्देश पनि दिएको छ ।ज्ञानेन्द्रले बारा, बुटवल र झापामा राजेन्द्र लिङदेन,रविन्द्र मिश्र र धवल शम्शेर राणालाई भेटेर पूर्वबाट घाम झुल्किएकोशैलीमा मेचीबाट आफ्नो उपस्थिती देखाएकाछन् । मेची किनारामा नागरिकको बाक्लो स्वागत पाएका ज्ञानेन्द्रले केही थान व्यक्तिले बुई बोकेकै भरमा पुन राजसंस्था व्युत्याउने सपना देखेको भए सायद त्यो दिवा सपना हुने लामो समयदेखि राजतन्त्रको वकालत गर्दै आएका नेताहरुले बताएका छन् । र कुनै व्यक्ति विशेषको लहलहैमा लाग्न नहुने राजसस्थामा आस्था राख्ने नेताहरुको टिप्पणी छ ।

राजा वीरेन्द्रको वंशनाशपछिज्ञानेन्द्रले जनताको आदर सम्मान जोगाउन सकेकाछैनन् । सार्वजनिक कार्यक्रममा केही मान्छेको हुल देखिएपनि त्यसैलाई आधार मानेर पूर्व राजा ज्ञानेन्द्र फेरि तंग्रिने मनस्थितीमा छन् भने सायद त्यो भ्रम हुनसक्छ ।