Breaking

किन चर्चामा आयो देउवा राष्ट्रपति बन्ने विषय ? प्रचण्ड-गगनको भेटको अर्थ के ? (भिडियोसहित)


काठमाडौँ — राष्ट्रपति छनौट समय घर्किँदै जाँदा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजिरहेको छ । माअओवादीको यही रटानका कारण माओवादीसंग एमाले झस्कीएको छ । फलत उनीहरुका आ–आफ्नै दलिलका कारण राष्ट्रपतिमा तल्लो तह देखि उच्च तहसम्मका नेताहरुको नाम चर्चामा छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडानपछि सत्ता समीकरण फेरबदल हुने जोखिमले नेकपा एमालेमाथि दबाव बढ्दो छ । आफैले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्ड अनुकुलको वातावरण र उनैको दवदवाले कि गठबन्धन कि राष्ट्रपति ? यी दुई विकल्प मात्रै एमालेसंग बाँकि रहने स्थिति पैदा हुँदै गएको छ । तर पनि कांग्रेसले दिएको विश्वासकै मतले प्रचण्ड प्रधानमन्त्रीको कुर्सी सुरक्षित रहेकोमा ढुक्क देखिएका छन ।

जहाँ गठबन्धनभित्रका दलहरुमै शंकाको धर्साहरु भेटिएपछि प्रचण्ड राष्ट्रिय सहमतिको रटान लगाउँदै कांग्रेसलाई साथै लानुपर्ने निष्कर्षमा पुगिसकेका छन । यहि ठहरका कारण पार्टीको निर्णयबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमतीको बाटोमा माओवादी अघि बढेको छ भने कांग्रेस हौसिन थालेको छ । जसले सम्भावित पात्रहरुको नाम समेत चर्चामा रहँदा सभापती शेरबहादुर देउवाकै नाम अघि आएपछि भने चासो र चर्चा दुवै बढेको छ । हुन त पाँचैबर्ष प्रधानमन्त्री बन्ने ईच्छाहरुले पखेटा हाल्दा केपी ओली नै राष्ट्रपति बन्ने भएपनि प्रचण्ड त्यसमा सकारात्मक रहेको खवर बाहिरहेका छन । त्यसको विकल्पमा कांग्रेसलाई भित्र्याएर यसको परिपूर्ती हुनसक्ने वुझेका उनलाई देउवा नै राष्ट्रपतिमा समेटिए सुनमा सुगन्ध हुने अवस्था छ ।

जसले कांग्रेसबाट चर्चामा रहेको नाम सभापति शेरबहादुर देउवा तथा नेताद्वय कृष्णप्रसाद सिटौलामध्ये देउवाकै पक्षमा प्रचण्ड सकारात्मक छन् । जुन संकेत उनले कांग्रेस महामन्त्री गगनकुमार थापासँग बिहीबार भएको भेटमा दिएको बुझिएको छ ।

भेटमा प्रचण्डले पार्टी राजनीतिमा खारिएका, पटकपटक प्रधानमन्त्री भइसकेका, अन्तर्राष्ट्रिय समुदायले पत्याएका नेता भएकाले राष्ट्रपतिका लागि देउवा उपयुक्त पात्र भएको बताएको थापाले आफू निकटका नेताहरूलाई बताएका छन् । यता कांग्रेस नेताहरु समेत यो प्रस्ताव पुरा भए आन्तरिक राजनिति व्यवस्थापनका हिसावले समेत उपयुक्त हुने मन्द खुसीमा देखिएका छन् ।

देउवा प्रधानमन्त्री भएमा राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन भएको सन्देश प्रवाह हुने र ओलीलाई समेत फकाउन सकिने प्रचण्डले आफू निकटका नेताहरूसँग बताउँदै आएका छन् । यता सत्ता गठबन्धन कायमै रहेमा देउवा पाँच वर्षसम्म प्रधानमन्त्री हुन पाउँदैनन् भने त्यति बेलासम्म पार्टी सभापतिको भूमिकाबाट पनि उनी अलग भइसक्नेछन् । तर पार्टीको सम्पूर्ण शक्ति आफ्नै काबुमा राख्न सफल देउवा यति सजिलै यो प्रस्तावमा सहमति जनाउलान् भन्नेमा उच्च राजनीतिक तहमा गाम्भीर्यता पनि देखिन्न । यदी देउवा तयार भइहाले भने कांग्रेसमा नयाँ पुस्ताले पार्टीको नेतृत्व हात पार्न मार्गप्रशस्त हुने छ । जसले पार्टीभित्रको नेतृत्व हस्तान्तरणको जाममा ब्रेक थ्रु हुनेछ ।

तर वर्तमान परिस्थितीमा एमालेले बलियो उम्मेदवार खडा नगरेमा मात्र देउवाले जित निकाल्न सक्ने छन् । पराजित हुनका लागि देउवा राष्ट्रपतिको उम्मेदवार बन्न तयार हुने सम्भावना निक्कै कमजोर रहेको छ । फलत ः यो चर्चावारे केहि नवोलेका उनी आफू सर्वसहमत हुने अवस्था हेरिरहेको विश्लेषकहरु बताउछन ।

अहिलेको अवस्थामा उनका लागि यो अवसर व्यक्तिगत र पार्टीगत रुपमा तथा सरकारको स्थायित्वको दृष्टिले समेत सहि भएपनि देउवा नै भए एमालेले पनि स्वीकार्ने वातावरण वन्न्ला भन्ने प्रश्न अहिले अहम बनेको उनीहरुको तर्क छ । यद्यपी प्रधानमन्त्री र माओवादी केन्द्रको एकोहोरो राष्ट्रिय सहमतिको रटानको कार्डले राष्ट्रपतिमा कस्को भाग्य खुल्ने हो त्यो अबको हप्ता दिनमा टुंगो लाग्नेछ ।