Breaking

मर्म निमोठिएको प्रजातन्त्र दिवस, ७३ वर्षसम्म पनि विकास कछुवाको गतिमा (भिडियोसहित)

जनतामा छैन खुसीयाली


काठमाडौँ – नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट निरंकुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिन आज प्रजातन्त्र दिवस मनाइएको छ । प्रत्येक वर्ष औपचारिक बन्दै आएको प्रजातन्त्र दिवस स्थापना भएको दशकौं बितिसक्दा पनि जतनाले त्यसको महसुस भने गर्न सकेका छैनन् ।

हरेक वर्ष फागुन ७ गते मनाउने राष्ट्रिय प्रजातन्त्र दिवस आज देशैभरका साथै राजधानीस्थित सैनिक मञ्च टुँडिखेलमा पनि मनाइएको छ । मुल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले अवलम्वन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति हालको ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरे ।

राणा शासनको क्रुर पन्जाबाट मुलुक मुक्त भएपछि देश आर्थिक विकास र समुन्नतिको बाटोमा अघि बढ्ने, अधिकारका लागि आन्दोलन गर्नु नपर्ने, भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य हुने, विधिको शासन स्थापित हुने जस्ता आम अपेक्षा थियो । तर, ७ दशक अघि शताब्दीऔं लामो जहाँनिया राणा शासनविरुद्ध जनताले विजय प्राप्त गरेता पनि जनताको अवस्था भने आज पनि उस्तै नै छ ।

आज मुलुकमा जुनसुकै शासन व्यवस्था रहे पनि सत्ता सञ्चालकहरुको जहानियाँ राणाहरुको शैली भने बद्लिएको छैन । व्यवस्था बदल्दै दलहरुले पाएका अनेक अवसरहरुलाई नेताहरुले खेर फाल्दै गइरहेका छन् । दीर्घकालीन योजनाहरु निर्माण गर्ने, राजनीतिक संस्कार प्रदर्शन गरेर मुलुकलाई नविन यात्रामा अग्रसर तुल्याउन उनीहरु चुकिरहेका छन् । आज प्रजातन्त्र मनाउँदै गर्दा राजनीतिक दलहरु जनताको त्याग र बलिदानको कुरा गरिरहेका छन् तर, ती बलिदान दिने शहिदहरुको अपेक्षाको भने कुनै ख्याल गरेको पाइदैन । व्यवस्था फरिएपछि भैष्टाचार, महंगी, हिंसा र अपराध जन्य विकृतीहरुको अनत्य हुने र देश आधुनिक विकासमा लम्कीने आम जनताको अपेक्षा थियो । तर प्रजातन्त्र प्राप्तीको ७ दशक वितिसक्दा प्रजातन्त्रका अनेक रुपहरु रुपान्तरण भए । तर परिवर्तित व्यवस्थाले रुप र सारमा तात्विकता नझल्कीँदा जनता झनै निराश छन् । प्रजातन्त्रको मर्मलाई दलहरुबाटै निमोठ्ने कार्य भएपछि जनतामा खासै प्रजातन्त्रको अनुभूति हुन पाएको छैन ।