Breaking

सन्दीप लामिछानेको हुटिङमा कीर्तिपुर मैदान, रोकिएन आलोचना (भिडियोसहित)

सन्दीपलाई प्रोत्साहन कि निरुत्साहन ?


काठमाडौँ – बलात्कारको आरोप लागेका खेलाडीलाई पनि राष्ट्रिय टोलीमा समावेश गरेको भनेर क्यानले अहिले पनि आलोचना खेपिरहनु परेको छ । तर, तिनै आरोपित खेलाडीले अहिले जारी श्रृंखलामा जमिरहेका छन् ।

६ महिनाको लामो अन्तरालपछि राष्ट्रिय टिममा फर्केका नेपाली टिमका स्पिनर सन्दीप लामिछानेले अहिले क्रिकेटमा छाइरहेका छन् । राजधानीको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा विवादै विवादका बाबजूद पनि सन्दीपको जादूयी प्रदर्शन जारी नै रहेको छ । नेपाल, स्कटल्याण्ड र नामेबिया सम्मेलित श्रृंखलामा लामिछानेले अहिलेसम्म ९ विकेट लिइसकेका छन् ।

जब नेपाललाई विकेटको आवश्य पर्छ वा विपक्षीको साझेदारीमा ब्रेक लगाउनु पर्ने अवस्था आउँछ त्यसमा उनी नेपाली दर्शकलाई निराश बनाउँदैनन् । कप्तानले उनको हातमा बल थमाईदिन्छन् अनि उनी विपक्षीलाई पभेलियनको बाटो देखाइदिन्छन् । शनिबार नामेबियासँग भएको दोस्रो खेलमा पनि पहिलो विकेटका लागि ६४ रनको ठूलो रनको साझेदारी हुँदै गर्दा १५ ओभरको तेस्रो बलमा सन्दीपले ओपनर कार्ल ब्रिकेनस्टकलाई आउट बनाएर नेपाललाई पहिलो सफलता दिलएका थिए ।

भदौ २ गते नामेवियासँगको पहिलो खेलमा १० ओभर गर्दै १ मेडनसहित ६.६० को इकोनोमीले ६६ रन खर्चेका सन्दीपले ३ विकेट लिन सफल भए । त्यस्तै, शुक्रबार स्कटल्याण्डसँगको दोस्रो खेलमा पनि आफ्नो पुरै स्पेल फालेका उनले २७ रन दिएर ३ विकेट चट्काए । शनिबार श्रृंखलामा नेपालको तेस्रो खेल र नामेबियासँगको दोस्रो खेलमा पनि उनले १० ओभरमा ४६ रन दिँदै सदा झै ३ विकेट लिए । जारी श्रृंखलामा तीन खेल खेल्दै गर्दा ३० ओभर गरेका उनले ४.६३ को इकोनोमीमा १३९ रन खर्चेर ९ विकेट लिइसकेका छन् ।

नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीप भदौ यता राष्ट्रिय टिमबाट बाहिर थिए । बलात्कारको आरोपपछि भदौ २३ गते निम्बनमा परेका उनलाई माघ १७ गते क्यानको बोर्ड बैठकले निलम्ब फुकुवा गरेको थियो । बलात्कार आरोपको मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको ठूलै आलोचना भएको थियो र त्यो आलोचना अझै पनि जारी छ ।

नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीप भदौ यता राष्ट्रिय टिमबाट बाहिर थिद्दए । बलात्कारको आरोपपछि भदौ २३ गते निम्बनमा परेका उनलाई माघ १७ गते क्यानको बोर्ड बैठकले निलम्ब फुकुवा गरेको थियो । बलात्कार आरोपको मुद्दा छिनोफानो नभई लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघको ठूलै आलोचना भएको थियो र आलोचना अझै पनि जारी छ ।

खेल सकिएपछि दुवै टोलीले हात मिलाउने क्रिकेटको अन्तर्राष्ट्रिय परम्परा नै हो । तर, शुक्रबारको खेल समाप्तीपछि भने सधै देखिने भन्दा केही फरक दृश्य देखियो । स्कटिस टोलीले नेपाली ड्रेसिङ रुममा गएर बधाई दिने क्रममा अरू सबैसँग हात मिलाएका तर अग्रपंक्तिमा रहेका पूर्वकप्तान केयल कोएट्जरसहित प्रशिक्षक सिन बर्गरले पंक्तिबद्ध हिसाबमा अन्तिममा रहेका सन्दीपसँग हात मिलाएनन् । लगत्तै मैदानमा गएर ‘अन फिल्ड’ खेलाडीसँग हात मिलाउने क्रममा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले सन्दीपतर्फ हात अगाडि बढाए पनि ड्रेसिङ रुममै ह्यान्डसेक अस्वीकार गरिएकाले सन्दीपले हात नबढाएएपछि अहिले यो विषयको पनि आलोचना भइरहेको छ ।

सन्दीपले लिग टुमा २२ इनिंस खेल्दै ५१ विकेट लिएका छन् । उनी यस प्रतियोगितामा ५० भन्दा बढी विकेट पूरा गर्ने तेस्रो बलर तथा पहिलो स्पिनरसमेत बनेका छन् । सन्दीप भन्दा अगाडी रहेका ओमानमा तीव्र गतिका बलर बिलाल खान ३५ खेलमा ७६ विकेट अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवालकरले ३५ खेलमा ५८ विकेट लिएका छन् ।

२०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआई सिरिजमा डेब्यू गरेका उनले समग्रमा भने हालसम्म ३३ ओडिआई खेल्दै ७८ विकेट लिएका छन् ।