Breaking

कारबाही अघि बढाएपछि एमाले छाडेको दुर्गा प्रसाईको घोषणा


काठमाडौँ – उद्योग विभाग उपप्रमुखसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

झापाको काकडभिट्टामा केही दिनअघि पूर्वराज परिवारलाई भेला गरेर एक धार्मिक अभियान सुरु गरेपछि प्रसाईमाथि एमाले प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो ।

उनले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए । उनले एमालेले कारबाही अघि बढाएपछि अध्यक्ष केपी शर्मा ओलीको पनि चर्को आलोचना गरेका छन् ।

प्रसाईले आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने पनि बताए । उनले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने पनि दाबी गरे ।