Breaking

महाशिवरात्रिः शाधु–सन्तले के गरे ? किन आउछन् नागा बाबाहरु पशुपतिमा ?


काठमाडौँ — महाशिवरात्रीमा पशुपात क्षेत्रमा उपस्थित शाधु सन्त र अघोरी बाबाहरु आकर्षणको केन्द्र बन्ने गर्दछन् । थरीथरीका भेषभुषा र हाउभाउ सहित उपस्थित बाबाहरु शिवरात्रीको अर्को विशेषता बन्दै आएका छन् । महाशिवरात्रीमा पशुपतिनाथलाई नै किन रोज्छन् त बाबाहरु ? महाशिवरात्रीका बेला भक्तजनहरुको लामो लाईन, सर्वसाधरणको घुँइचो, स्वदेशी विदेशी पर्यटकहरुको भीड पशुपति क्षेत्रको विशेषता नै हो । महाशिवरात्रीकै बेला पशुपतिनाथ मन्दिर परिसरमा उपस्थित यी शाधु शन्त र आघोरी बाबाहरु अर्को आकर्षणको केन्द्र बनेका छन् ।

महाशिवरात्रीताका पशुपतिको रौनक नै यी नागा बाबाहरु हुन् भन्दा फरक नपर्ला । थरीथरीका भेषभूषा र अनेकन हाउभाउ महाशिवरात्रीका दिन मात्र भक्तजनहरुले अवलोकन गर्न पाउँछन । नेपालका विभिन्न भु–भाग सहित विशेषत छिमेकी मुलुक भारत, श्रीलंक लगायतका स्थानबाट महाशिवरात्रीकै लागि यी बाबाहरु पशुपति आउने गर्दछ । बर्षेनी हजारौंको संख्यामा नागा बाबाहरु पशुपतिमा आउँछन ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यो वर्ष स्वदेशी तथा विदेशका समेत गरी पाँच हजार बढि बाबाहरु पशुपतिनाथमा आएका छन् । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका यी साधुसन्तहरुलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित बिदाइ गर्ने चलन छ । परम्परागत रुपमा नै यी बाबाहरुलाई उनीहरुको श्रेणी अनुसार दक्षिणा सहित विदाई गर्ने गर्दछ ।