Breaking

पशुपतिमा महाशिवरात्रिको रौनक, किन गर्ने शिवको पूजा ?


काठमाडौँ — आज महाशिवरात्री, हिन्दुधर्मवलम्बिहरुको महत्वपूर्ण पर्व, भगवान शिवको विशेष पुजा आराधना गरी देशभर यो पर्व मनाईएको छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी यो पर्व मनाउने गर्दछ । शनिवार हिन्दुधर्मवलिम्वहरुले महत्वपूर्ण पर्व महाशिवरात्री धुमधामका साथ मनाएका छन् । देशैभरका शिवालयहरुमा भगवान शिवको पुजा आराधना, भजन किर्तन सहित यो पर्व मनाइएको हो ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनको रुपमा लिने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी यो पर्व मनाउने गरिन्छ । यो दिन उपवास सहित भगवानको मन्त्र जप गर्दा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ । भगवान शिवको उत्पत्तिका रुपमा यो पर्व मनाउने गरिएको छ ।

यो दिन हिन्दुधर्मवलम्विहरुका लागि पवित्र धार्मिक स्थल पुशपतिनाथको छुट्टै महत्व रहिआएको छ । पशुपति दर्शनकै लागि भक्तजनहरुको यो भीडले पश्पतिनाथप्रतिको आस्था प्रष्ट पार्दछ । पशुपतिनाथप्रति जति आस्था छ उत्तिकै सास्ती भने सर्वसाधरणले पाउने गरेका छन । पशुपतिको दर्शनमा सर्वसाधरणले पाएको सास्ती उनीहरुको आक्रोशमा देख्न सकिन्छ । आरोग्यदेव पशुपतिनाथमा नेपालसँगै भारत लगायतका अन्य विभिन्न देशहरुबाट हजारौँको संख्यामा भक्तजनहरु आएका छन् । तर त्यस अनुरुपको व्यवस्थापन भने हुन नसकेको भक्तजनहरुको गुनासो छ । यसतर्फ भने सरोकारवाला निकायको ध्यानकर्षण हुन भने जरुरी छ ।