Breaking

रुसद्वार युक्रेनमाथि पुनः क्षेप्यास्त्र प्रहार, झनै दलदलमा फस्दै नागरिक


काठमाडौँ — रुसले युक्रेनमाथि पुन क्षेप्यास्त्र प्रहार गरेको छ । पूर्वी र दक्षिण क्षेत्रमा आक्रमण केन्द्रित गरेको रुसले दोनेत्स्कको सानो शहर बख्मत कब्जा गर्ने गरी क्षेप्यास्त्र प्रहार गरेको हो । रुसले युक्रेनमाथि पुन क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्र प्रहारबाट युक्रेनको सबै भन्दा ठूलो तेल प्रशोधन कम्पनी क्रेमेन्चुकमा ठूलो क्षति पुगेको युक्रेनी रक्षा मन्त्रालयले बताए । रुसले ३६ वटा क्षेप्यास्त्र प्रहार गरेकोमा १६ वटा खसालेको युक्रेनको भनाइ छ । रुसी आक्रमणको निशाना मख्मत क्षेत्रमा केन्द्रित देखिएकाले उक्त क्षेत्र छिट्टै रुसको कब्जामा जाने खतरा पनि युक्रेनी रक्षामन्त्रालयको भनाई छ ।

तर युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँग सम्भावित शान्ति सम्झौतामा आफ्नो जमिन दिनका लागि तयार नभएको बताएका छन । रुस र युक्रेनबीचको युद्ध आगामी २४ फेब्रुअरीमा एक वर्ष पूरा हुनेछ । यसअघि उनी बेलायती नेतासँग भेट्न लन्डन पुगेका थिए । यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तरवार्तामा उनले रुसलाई जमिन दिनु खतरनाक भएको बताए । उनले भने रुसलाई एक पटक जमिन दिइयो भने ऊ पछि पनि यसरी नै आइरहनेछ जबकि पश्चिमी हतियारले शान्तिलाई हाम्रो निकै नजिक ल्याउनेछ ।

यि दुई पक्षको भिडन्तलाई दुनियाँको टाउको दुखाईको विषय भैईरहेको छ । पछिल्लो समय फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनको शान्तिस्थापनाका लागि योगदान गर्न सहमति भएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताए । पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताका बारेमा असरबारेमा छलफल गरेका थिए ।

उनीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य व्यक्त गरेको जनाएको छ । युक्रेन र रुस दुई पक्षिय युद्धमा युक्रेनलाई अमेरिकाले सहयोग गरिरहेको छ भने रुसलाई चिनको सहयोग छ । झनै दलदलमा फस्दै गएको यि दुई देशको युद्धले विश्वभर विभिन्न संकट देखिएको छ । यद्धविराम गराउने विश्वका शतिmशाली राष्ट्रहरुको अहिले सम्मका पहलहरु सार्थक भएका छैनन् ।