देश

सांसद भण्डारीको स्वास्थ्यमा सुधार


काठमाडौँ — ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् ।

चिकित्सकहरूका अनुसार सांसद भण्डारीका सबै हेल्थ प्यारामिटरहरू नर्मल रहेका छन् । भारतको नेसनल बर्न्स सेन्टरको आईसीयुमा भण्डारीको उपचार भइरहेको र आत्तिनु पर्ने अवस्था नभएको जानकारी दिएका छन् । चिकित्सकहरूका अनुसार सांसद भण्डारीका सबै हेल्थ प्यारामिटरहरू नर्मल रहेका छन् ।