Breaking

राष्ट्रपति एमालेकै हुन्छः योगेश भट्टराई


काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् । प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् । सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए । प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।

उनले चुनावी गठबन्धन एमालेको कारणले नभइ आफ्नै कारणले टुटेको बताए । ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने १० पुसको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार छन्, तर माओवादीले नमान्ने भन्ने हुँदैन । भट्टराईले एमाले पार्टीलाई बलियो बनाउन र जमिनतिर फर्काउन लागिरहेको बताए । सोही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठूलो पंक्ति ग्रासरुटमा खटिएको उनले बताए ।