Breaking

५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप लामिछाने


काठमाडौँ — आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर सन्दीप लामिछाने बनेका छन् । लिग २ मा ५० विकेट लिने उनी तेस्रा खेलाडी हुन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै सन्दीप ५० विकेट लिने तेस्रो खेलाडी बनेका हुन् । सन्दीपले २३ खेलमा ५० विकेट पुरा गरेका हुन । यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन् ।

विलालले ३५ खेलमा ७६ विकेट लिएका छन् । दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन् । सौरभले २५ खेलमा ५८ विकेट लिएका छन् । सन्दीपपछि स्कटल्यान्डका मार्क रोवर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिदै चौँथो र पाँचौ स्थानमा छन् ।