Breaking

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौँ – डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सुपप्र ०१२३ ००१ च ३३२९ नम्बरको जीप केआईसिंह गाउँपालिका–१ स्थित लोली भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय गोविन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धनबहादुर तिरुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ६ जना यात्रु घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने २७ वर्षीय तेज तिरुवा र उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि सुजङ अस्पताल राजपुर डोटी पठाइएको छ ।