Breaking

जनता झुक्याउँदै प्रचण्ड, सत्ता पक्ष नै सरकारसँग रुष्ट, शवमा पनि व्यापार !


काठमााडौँ — चुनावपछिको नयाँ सरकार बनेसँगै आम जनतामा केही राम्रो काम हुने आशा पलाएको थियो । वैकल्पिक शक्तिहरु सरकारमा सामेल भएकोले पनि सुरुवाती चरणमा जनताहरु निकै उत्साहित थिए । तर, सरकारले आम मानिसको समस्या सम्बोधन गर्न नसकेपछि उत्साहित जनता दिनप्रतिदिन निराश बनिरहेका छन् । सरकार गठनभएको झण्डै २ महिन पुग्यो । तेस्रो कार्यकालमा मरेरै भए पनि परिणाम दिने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनताको विश्वास बोकेर उदाएका नयाँ शक्तिको सहकार्यले जनता उत्साहित पनि थिए । तर समय बित्दै गएसँगै सरकारप्रतिको त्यो विश्वास पनि मर्दै गएको छ । सरकारले हात हालेका थुप्रै काम नतीजामुखी हुन सकेको छैन ।

इतिहासकै बलियो भनिएको सरकारको २ महिना नकट्दै आलोचना हुन थालेको छ । सत्ता पक्षमा रहेका पार्टीकै सांसदहरु पनि सरकारको कटु आलोचक बनेका छन् । सत्तामा नै रहेका सांसदहरु सरकारसँग रुष्ट बनिरहँदा नागरिकले पनि राज्य विहीन भएको महसुस गरेका छन् । व्यापारीको व्यापार छैन । भएका उद्योग कलकारखाना पनि बन्द गर्नु पर्ने अवस्थामा पुगेको छ । बैंकको व्याजले उद्योगीहरु हायल कायल छन् । कृषकहरु पनि सडकमा नै छन् । जताजतै समस्या नै समस्या भएता पनि समाधान दिने सरकार सत्ताको खेलमा छ ।

सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत पाएको प्रचण्ड सरकार भने लोकप्रियताका लागि जनता झुकाइरहेको छ । प्रधानमन्त्री भएको सुरुका दिनमा भारतबाट बढेरै आएको पेट्रोल पनि सस्तो लोकप्रियताका लागि मुल्य घटाएकोसरकारले फेरि मुल्य बढाएर जनता झुक्काउने काम गरेको छ । अहिलेको सरकार सबै विचौलिया भएको र शवमा पनि राजनीति गर्न नछोडेको गम्भीर आरोप लाग्न थालेको छ । रोजगारी सिर्जनाको कुरा त परै जाओस् देशमा झन् बेरोजारी बढ्दै गएको छ । एक त देशमा श्रम पाउन नै मुश्किल, पाइहाले पनि उधारोमा काम गर्नुपर्ने बाध्यता ।

यस्तो अवस्था आउँदा पनि मानव जिवनको दैनिकी प्रति भइरहेको सकसले सरकारलाई छुन सकेको छैन । यति सब हुँदाहुँदै पनि सरकारलाई भने प्रतिबद्धता व्यक्त गर्नमा भ्याइ नभ्याइ छ । सरकारमा हुनेहरुमा सत्ता लोलुप्ता यति धेरै बढेको छ कि प्रधानमन्त्री प्रचण्ड आफ्नो काँधमा मन्त्रालयको चाङ लगाएर बसेका छन् । परिवर्तन र रुपान्तरण जस्ता मुद्धा बोकेकाहरुले आफै विवादमा मुछिदै गर्दा भूइ मान्छेको दैनिकी फेरिन सकेको छैन । चुनावपछि फेरिएको गणतन्त्रको सरकारमै राज्यविहीन महसुस गर्ने नागरिकहरु जुन जोगी आए पनि कानै चिरेको भन्ने भनाइलाई व्वहारत अनुभव गर्न विवस छन् ।