Breaking

राप्रपाको रोजाई राजा कि राष्ट्रपति ? राष्ट्रपतिको चुनाव टाउको दुखाई बन्दै, पार्टी फुटको संकेत !


काठमाडौँ — राष्ट्रपतिको निर्वाचनलाई लिएर राप्रपाभित्रदुई मत देखिन्छ । राजावादीले राष्ट्रपतिमा भोट हाल्नु विरोधाभास हुने पक्षएकातिर हुँदाअर्कातिर भने सरकारमा सामेल भएका कारण भोट हाल्नु पर्ने नैतिकदवाव छ । यीदवावकाबीच पार्टी फेरि दुर्घटनातिर जाने हो कि भन्ने तर्क पनि सुनिनथालेको छ । निर्वाचनआयोगले फागुन २५ का लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेसँगै देशको राजनीति त्यसैमा केन्द्रीतभएको छ ।

सत्तारुढ दलहरु खासगरी नेकपाएमाले र माओवादी केन्द्रका साथै र प्रमुखसदनको सबैभन्दा ठूलोदल नेपालीकांग्रेस अहिले आन्तरिक रुपमा राष्ट्रपति निर्वाचनको तयारी गरिरहेका छन् ।यीदलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा गृहकार्य हुँदै गर्दा सत्ता गठबन्धनकै एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा के गर्छ भन्नेमाआममानिसको चासो बढेको छ ।
संवैधानिक राजतन्त्रको वकालतगर्दै आइरहेको राप्रपाभित्रअहिले राष्ट्रपतिको चुनावमा सहभागीहुने वा तटस्थ नै बस्ने भन्ने विषयमागहन छलफल चलिरहेको छ ।

सरकारमा सामेल मन्त्रीहरु लगायतका पार्टीका केहीपदाधिकारीहरु राष्ट्रपतिमा मतदानगर्नु पर्नेमाजोड दिइरहँदा पार्टीभित्रकै पुराना र प्रभावशाली नेताहरु भने त्यस विरुद्ध उभिएका छन् । संसदीयदलकाप्रमुख सचेतक समेत रहेका सांसद त खुलेरै राष्ट्रपति निर्वाचनबहिष्कार गर्नु पर्ने बताइरहेका छन् । राजावादीभएको कारण राष्ट्रपतिमा मतदानगर्ननहुने बलियो जमात राप्रपाभित्र छ । त्यसैले राष्ट्रपतिको चुनावमाभोट हाल्नु विरोधाभासपूर्ण हुने तर्क गर्ने एक धार र सरकारमानै सामेल भएका कारण भोट दिनु पर्ने अर्काे पक्षले गर्दा राप्रपाफागुन २५ सम्म एक ढिक्का हुनेमा नै शंकाउब्जिएको छ ।

पटक पटक फुट्दै, टुट्दै फेरि जोडिदै आएको इतिहास बोकेको पार्टी पुनः पुरानै पथतिर लागेको हो कि भन्ने प्रश्नगर्ने ठाउँ दिएको छ । निर्वाचन राष्ट्रपतिको हुँदैछ । तर, यसले उम्मेदवार नै नहुने राप्रपामा दरारको अवस्थासिर्जना गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन गठबन्धन सरकारको उपप्रधानमन्त्रीमाभएकै कारण पनिभोट हाल्नु पर्ने नैतिकबाध्यताउनलाई छ । राष्ट्रपति बोक्दा राजा छोडेको अर्थ उनीमाथि स्वभाविक नै लाग्नेछ ।

तर, अहिले सम्म राजाबोकेर जनतामाझगएको राप्रपालाई अब राष्ट्रपति बोकेर अगाडी बढ्नु पर्दा अर्काे नैतिकताको प्रश्नपनि तेर्सिने पक्कापक्की छ । दुई डुंगामा खुट्टा राखेर सवारमानिस्किएको पार्टी गन्तव्यमानपुग्दै दुर्घटना हुने मझधारमाआईपुगेको छ । फुट्ने र जुट्ने तीतो यथार्थ बोकेको राप्रपालाई राजा र राष्ट्रपति दुवै बोक्दा नैतिकताको बन्धनले भने पच्छ्याइनै रहेन देखिन्छ ।