Breaking

ओली–प्रचण्ड मुडभेडले विग्रियो सहमति, महन्थ रोजाइमा पर्दा सिटौलामा भारतको ध्यान, यस्ताछन् दाबेदार


काठमाडौँ — राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेका दलहरु अब अन्तर्राष्ट्रिय सहमतिमै पुग्नुपर्ने बाध्यकारी अवस्थामा फस्दैछन् । हिजो राष्ट्रपति बन्नका लागि ओली, देउवा र प्रचण्ड रिझाएमात्रै पुग्थ्यो ।तर अहिले अन्तर्राष्ट्रिय सहमति नै चाहिने भएपछि दलहरु संकटमा परेका हुन् । तथापी आन्तरिक मतभेद् नै सबैभन्दा जटिल बनेको छ । पुस १० मा एमालेसँग भएको सहमति तोड्दै प्रचण्ड काँग्रेसको कित्तामा उभिए एमाले के गर्ला भन्ने प्रश्न प्रमुख हो । एमालेसँग दुई विकल्प छन् । सरकारबाट बाहिरिने कि प्रचण्डको रोजाईलाई स्वीकार्दै गठबन्धनमै बस्ने । किनकि उसले राष्ट्रपति पाउने विषय थप कमजोर बन्दै गएको छ ।

तर यसको संकेत माघ २७ मा बसेको संसद बैठकपछि नै पाएका ओलीले महन्थलाई संसद् भवनबाट आफ्नै गाडीमा बसाएर बालकोट पु¥याएका थिए । किनकि भारतको पहिलो रोजाई एमाले, काँग्रेस वा माओवादी नभई मधेशका महन्थ ठाकुर हुनसक्ने विषय भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण सकिएलगत्तै सतहमा देखिन थालेको छ ।किनकि विगतमा आफैलाई विश्वासको मत नदिएर सरकार ढाल्न भूमिका खेलेका महन्थलाई अकास्मात ओलीले च्याप्न खोज्नु पक्कै सामान्य होइन । यसकारण महन्थका पक्षमा सहमतिको गन्ध आएको छ कि, उनी भारतको पहिलो रोजाई हुन् ।

विगतको राजनीतिक पृष्ठभूमि काँग्रेससँग निकट भएकाले पनि उनका नाममा सहमति हुनसक्छ । मधेशवादी दलहरुको पनि उनी साझा व्यक्ति बन्न सक्छन् ।तर राष्ट्रिय सहमतिको खोजि भइरहेका बेला सबैलाई मिलाएर आफु राष्ट्रपति हुन सक्ने ताकत महन्थमा देखिँदैन । आफ्नै नाममा सहमति गराउन सक्ने व्यक्ति पनि लोपउन्मुख नै छ । तथापी प्रधानमन्त्री नेतृत्वको नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिकै लाइनमा उभिएर जसरी पनि सहमति गर्ने बताइरहेको छ ।

तथापी एमाले नेताहरु सहजै अरुलाई राष्ट्रपति स्वीकार्ने पक्षमा छैनन् । अन्तिमसम्म पनि उनीहरु एमालेभित्रैबाट भए राष्ट्रिय सहमतिमा राष्ट्रपति, नभए गठबन्धनकै बलमा एमालेकै उम्मेदवारलाई जिताउन लागिपर्ने बताउँछन् । तर काँग्रेसलाई समर्थन दिने माओवादीको सम्भावित निर्णयले एमालेहरुमा चिसो पसेको छ । यसैकारण पनि माओवादी काँग्रेसलाई सघाउने अवस्थामा पुगे एमाले के गर्छ भन्ने प्रश्न प्रधान बनेको हो । तर भारतले चाहेका दुई व्यक्तिमध्ये महन्थपछि काँग्रेसका कृष्ण सिटौलाको नाम छ ।माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेका भूमिकादेखि गणतन्त्रसम्मको योगदानलाई स्मरण् गर्दै क्वात्राले सिटौलाका पक्षमा सहमति गर्न प्रचण्डलाई दबाब दिएको हुनसक्ने विषय पनि यतिबेला छलफलमा छ ।

उनको पक्षमा काँग्रेस सभापति देउवा पनि सहज देखिन्छन् । दुई दुई पटक आफुलाई सभापति बनाउन राजनीतिक भविष्य नै देउवालाई सुम्पिएका सिटौला देउवा र भारत दुवैको रोजाइमा पर्दा राष्ट्रपतिको उनको सम्भावना बलियो छ । काँग्रेसका दुई महामन्त्री पनि रामचन्द्र पौडेलभन्दा सिटौलाकै पक्षमा फेभर गरिरहेका छन् ।तर संसदीय दलको निर्वाचनमा देउवाले आफ्नै प्रस्तावक बनाएर पौडेललाई वचन दिएकाले उनी नै देउवाको रोजाइमा पर्ने काँग्रेसभित्रै चर्चा छ ।नत्र माधवकुमार नेपाल र बाबुराम भट्टराईका नाममा सहमति गर्ने चाहना पनि प्रचण्डका अघि विकल्प बनेर बसेको छ ।

माधव नेपाल नै राष्ट्रपति भएपनि आफुलाई सबैभन्दा धेरै अनुकुल हुने विश्वास प्रचण्डमा छ । यसो हुँदा उनको पार्टी पनि प्रचण्डकै कित्तामा पुग्ने र ओलीरहितको समाजवादी केन्द्र बनाउन पनि प्रचण्डलाई सहज हुनेछ । तर चितवनबाट पलायन हुने संकट आएका आफ्नै निर्वाचन क्षेत्रसहित सिंगो पार्टी नै माओवादीलाई बुझाएका बाबुरामलाई राष्ट्रपतिमा सहमति गर्न प्रचण्डलाई दबाब परेको छ ।

यसैपनि देउवासँग नजिक, पछिल्लोसमय ओलीप्रति पनि नरम, व्यक्तित्वमा पनि ओजन र भारतका पनि समीप रहेकाले बाबुराम सहमतिको पात्र हुनसक्ने बुझाई नेताहरुको छ । तर यी कुनै व्यक्तिका नाममा राष्ट्रिय सहमतिका हुने अवस्था नभए प्रधानमन्त्री प्रचण्डले गैरराजनीतिक व्यक्तिलाई ल्याउने छलफल पनि अघि बढाएका छन् । त्यस्तो अवस्था आइहाले कुनैबेलाका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्याधीश सुशिला कार्की, कल्याण श्रेष्ठ र पूर्वसभामुख दमननाथ ढुंगाना रोजाइमा पर्नेछन् ।

संविधान र व्यवस्था बुझेको, गणतन्त्रको रक्षा गर्नसक्ने, त्यसमा पनि देउवा–ओलीको नजिक पनि नरहकै पात्रको खोजीमा प्रचण्ड हुनेछन् । तर माओवादीभित्रै दलभन्दा बाहिरको व्यक्ति राष्ट्रपति बनाउन नहुने मत बलियो छ । तर ५३ दिनमा १८ पटक वान टू वान वार्ता चलाएका ओली–प्रचण्ड घण्टौंसम्म गफिए, घाम तापे, खाना खाए । विडम्बना निकास निकाल्न सकेनन् । अब भिडन्त स्वदेशी, नेता स्वदेशी, राष्ट्रपति पनि स्वदेश तर जित विदेशीको नबनोस् भन्ने पक्षमा उभिएका जनताको मतलाई कदर गर्नु उनीहरुकै निम्ति भलाई हुनेछ ।