Breaking

काँग्रेसको जालमा परे प्रचण्ड, पाँचैबर्ष प्रधानमन्त्री दिएर राष्ट्रपतिमा देउवा ढुक्क, काँग्रेसको ढोक्सामा एमाले फस्यो


काठमाडौँ — फागुन २५ को राष्ट्रपतीय निर्वाचन आउन मात्र २० दिन बाँकी रहेका बेला दलहरुरस्साकस्सीमा छन् ।राष्ट्रिय राजनीतिको मियो नै राष्ट्रपतिको निर्वाचनमा गएर रोकिएपछि प्रधानमन्त्री प्रचण्डको भूमिकाले काँग्रेस ढुक्क छ भने एमाले थप दबाबमा पर्दै गएको छ । राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोजेको राष्ट्रिय सहमति ‘हाम्रै लागि त होला’ भन्ने बुझेको नेपाली काँग्रेसले फागुन २५ का लागि विश्वासमात्रै होइन आत्मविश्वास नै देखाइरहेको छ ।

प्रचण्डकै बलमा आफ्नै उम्मेदवार राष्ट्रपति बन्ने आत्मविश्वास काँग्रेसमा छरप्रष्ट छ । केहीदिन अघि महामन्त्री गगन थापाले आत्मविश्वास सार्वजनिक गरे । त्यसको एकदिनपछि प्रदीप पौडेलले संसद्मा ओलीको प्रतिवाद गर्दै राष्ट्रपति काँग्रेसकै ढोक्सामा पर्ने बताए ।तर गठबन्धनभित्रै पूर्वसहमति भएको विषयमा काँग्रेस किन विश्वस्त छ ? जवाफ काँग्रेस प्रवक्ता प्रकाशशरण महतकै मुखबाट सुनौं ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपति पाउने आत्मविश्वासमा रहेको काँग्रेसले माओवादीले आफुलाई सघाए प्रचण्डलाई पाँचै बर्ष प्रधानमन्त्रीमा टिकाउने प्रस्तावसमेत गरेको छ । जबकि पुस १० मा सरकारको नेतृत्व गरेको प्रचण्डले साढे दुईबर्षपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री छोड्ने सहमति गरेका छन् । तर विश्वासको मत दिएर ढोक्सा थापेको काँग्रेसले पाँचै बर्ष प्रधानमन्त्रीमा समर्थन गर्छौ भन्दै जाल हानेपछि प्रचण्ड जालभित्रको माछा बनेका छन् ।

अब जाल च्यातेर माछा उम्काउन एमालेका लागि सबैभन्दा कष्टकर बन्ने देखिन्छ ।किनकि काँग्रेस, माओवादीसहित नेकपा एकीकृत समाजवादीको उद्देश्य पनि कुनै पनि हालतमा एमालेको राष्ट्रपति नबनोस् भन्ने हो । यसका लागि एमालेविरोधी शक्तिहरु मुलतः प्रचण्डकै बाँकी निर्णय पर्खेर कदम चाल्ने नीतिमा छन् ।

बिहिबार बालुवाटारमा दुई घण्टा छलफल गरेपछि शुक्रबार पुनः प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । उनको उद्देश्य ओलीलाई राष्ट्रिय सहमतिको दायरामा ल्याएरै छोड्नु थियो । तर छलफलमा फल नपाइ मात्रै छल गरिरहेका उनीहरुले प्रतिफल निकाल्न सकेनन् । किनकि एमाले अध्यक्ष ओलीले पनि बिनासर्त आफ्ना उम्मेदवारलाई समर्थन गर्न प्रचण्डलाई दबाब दिइरहेका छन् ।

तर प्रचण्ड एमालेलाई दिएपछि राज्यको सम्पूर्ण कमान्डओलीको हातमा हुने र राष्ट्रपति मात्र कठपुतली बन्ने आशंकामा छन् ।बरु, गठबन्धनबाहिरबाट राष्ट्रपति बनाए एमालेले तत्कालै सरकार पनि नछाड्नेसम्मको विश्वास प्रचण्ड छन् । यसैकारण उनी काँग्रेसलाई सहज हुने गरि राष्ट्रपति चयनको पक्षमा उभिएका छन् । यदि यसो हुँदा एमालेसँग सम्पूर्ण रुपमा फस्नुभन्दा अर्काे विकल्प हुनेछैन ।

विपक्षीहरुले प्रधानमन्त्री प्रचण्डलाई ओली प्रतिगमनकारी भन्दै झस्काइरहेका छन् । शुक्रबार बालुवाटारमै पुगेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनकारीले टाउको उठाइसक्दा तपाईँ किन मौन?भन्दै प्रचण्डमाथि प्रश्न उठाएका थिए । यता राप्रपा, रास्वपा लगायतका दललाई हातमा लिएर प्रचण्डलाई गठबन्धनभित्र एक्ल्याएका ओलीले आफुले छोड्नै परे लोसपाका महन्थ ठाकुर र नेकपा एसका झलनाथ खनालका नाममा छलफल चलाउने एमालेभित्र चर्चा छ ।

तथापी नाटकीय मोडमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका ओली पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउन प्रधानमन्त्री तयार रहेको भनाइ विपक्षीहरुबाट सार्वजनिक भएपछि झस्किएका छन् । जसरी यसअघि काँग्रेसहरुले फागुन १० मै गठबन्धन भत्किन गरेको ठोकुवाले ओली झस्किएका छन् ।