देश

राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्दै


काठमाडौँ — राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ। राकुटेन भाइबरले डल(ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोध्न र तस्बिरहरु डिजाइन गर्न सहजता प्रदान गर्ने भएको हो । राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपले नयाँ च्याटबट, एआई च्याट एन्ड क्रिएट को सुरुवात गरेको छ । जसले प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ ।

डलई र दाविंची जस्ता जेनेरेटिभ एआईका विशिष्ठ प्रयोग गरीएको भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबटमार्फत् कुनै पनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंगबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । परिवर्तनशील संसारमा लैजाने नवीनतम एआई उपकरणहरू प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताहरूले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्थ्यो। एआईले कसरी काम गर्छ भन्ने आधारभूत बुझाइ र प्राविधिक जानकारी हुन आवश्यक हुन्छ। एआईमा बढ्दो चासोको कारण भाइबरको लक्ष्य भनेको एआई लाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताहरूका लागि सहज बनाउनु हो ।

भाइबरले जटिल प्रविधि र प्रयोगकर्ताबीचको सहजताको लागि पुलको रूपमा काम गर्दछ जसको कारण प्रयोगकर्ताहरूले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको भरपुर आनन्द लिन सक्नेछन्। केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सकिने कम्पनीले जनाएको छ ।

‘अहिले विश्व प्राविधि क्षेत्रमा एआई टेक्नोलोजीको बारेमाको धेरैको ध्यानाकर्षण भएको छ, धेरैभन्दा धेरै मानिसहरु यस प्राविधिबाट प्राप्त गर्ने चमत्कारहरु प्रयोगबारे बुझ्दै छन्। यद्यपि, यी उपकरणहरूमा पहुँच सबैका लागि सरल छैन, तर हामी एपभित्र कुनै विशेष सेवामा दर्ता नगरी, भाइबर च्याटको सुविधामै विभिन्न एआई सेवाहरू प्रयोग गर्ने सबैभन्दा सजिलो तरिका, बिना झन्झट र पूर्ण रुपमा प्रदान गर्नेछौं। हामी यी उद्योग–अग्रणी एआई उपकरणहरूलाई सिधै एपमा पहुँच प्रदान गर्दछौं, जसको मद्दतले प्रयोगकर्ताहरूले आफ्नो सिर्जना वा जवाफहरू तुरुन्तै प्रस्तुत गर्न सक्छन् ।

हाल च्याटबटले दुई विकल्पहरू प्रदान गर्दछ ९ एउटा तस्बिरहरूका लागि र अर्को टेक्स्टका लागि हामी निकट भविष्यमा अन्य सेवाहरु निरन्तर विस्तार गर्न खोजिरहेका छौं,’ राकुटेन भाइबरका सीईओ ओफिर इयालले भने । अर्गानिक पद्दतीबाट च्याटबटमा पहिले नै ६,००० भन्दा बढी सब्स्क्राईबर्सका साथै २५०,००० भन्दा धेरै दर्शकहरू छन् र यो संख्या निरन्तर बढ्दै गइरहेको छ ।