Breaking

पक्राउ परे डिल्लीराम खनाल


काठमाडौँ — करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए । उनीमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छौं’, उनले भने ।

आफूलाई मानहानी गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए । उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन् ।