Breaking

गठबन्धन जोगाउने अन्तिम प्रयास ! किन अटेर गर्दैछन प्रचण्ड,ओलीको रणनीति के ?


काठमाडौँ — सत्ता गठबन्धन फुटकै अवस्था बराबर पुगेपछि एमाले अध्यक्ष ओली जोगाउने अन्तिम प्रयासमा लागेका छन् । राष्ट्रिय सहमतीका नाममा कांग्रेस नै पसेपनि प्रचण्डसंगको सम्बन्धन भने जोगाईराख्ने उदेश्यमा रहेका उनी मध्यमार्गी बाटो खोजिरेहका छन् । जहाँ माओवादी भने टसमस नगर्ने रणनितिमा छ । एकले अर्कालाई दवावमा राख्ने रणनिति र सप्तरङगी सहकर्मीका कारण सकसमा रहेको सत्ता गठबन्धन बचाउने अन्तिम तयारीमा शिर्ष नेतृत्व लागेको छ । यसैको प्रयासस्वरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको वालुवाटार दौड बढको छ । पहिले प्रचण्डलाई वालकोट आउन बाध्यपार्ने र आफू शक्तीको ईपिसेन्टर बनेको संकेत दिने गरेका ओलीको यो दौडलाई अथपूर्ण रुपमा हेरिएको छ ।

बिहीबार मात्रै पनि ‘प्रचण्ड’ र ओलीबीच दुई घन्टाभन्दा बढी वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो । भावी राष्ट्रपतिबारे फरक–फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता छलफलमा बसेपनि आफै पछि नहट्ने उनीहरुको रणनितिका कारण निकाश भने निस्किएको छैन । एउटा एजेण्डामा दुई घण्टा वार्ता गरेपनि दुवै जना दुईकिनारको अवस्था बन्दा ओली भने मध्यमार्गी बाटोको खोजीमा छन । जहाँ उनको घेराबन्दीबाट वच्ने यो नै अन्तिम समय भएको प्रचण्डको बुझाईलाई भने उनले पचाउन सकेका छैनन् ।

एकले अर्कालाई आफ्नै कित्तामा फर्किन अनुरोध गरिरहेका उनीहरु भरसक अर्कोलाई दवावमै राख्ने प्रयासमा समेत छन् । जसलाई एमालेले सरकार निर्माणताका भएको सहमतीको कसीमा राख्दा माओवादी त्यो सहमती रास्वपालाई गृहमन्त्री दिएर तोडिएको तर्क गरिरहेका छन् । यद्यपी एमाले नेताहरु भने यसलाई प्रचण्डको दोष भन्दा कांग्रेसको ढोक्सा थापेको परिणामका रुपमा अथ्याईरहेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने ओलीको छाया बनेसकेपछि प्रचण्डले उनलाई आफ्ना कित्तामा ल्याउने प्रयास पनि थालेका छन । फलत ः रविकै आग्रहमा उपनिर्वाचन गराउने पक्षमा पुगेका प्रचण्डले चुनाव जिते पछि रविलाई सरकारमा फर्काउने सहमती समेत गरेको खबर बाहिरिएका छन । यता ओली प्रचण्डको सम्बन्धमा भने निरन्तर फाटो आईराखेको छ । नागरिकता उन्मुक्ति पार्टीलाई प्रचण्डले विश्वास मात्र दिएको भए सुदुपश्चिमको सरकार नढल्ने अवस्था भएपनि त्यसमा प्रचण्डको लाचारीपनले ओलीलाई झस्काएको छ भने गठबन्धन भित्र नागरिक उन्मुक्तिको के काम भन्ने अवस्था छ ।

अर्थात गठबन्धनको एकघटक नागरिक उन्मुक्तिको उपस्थिती केवल प्रचण्डलाई जोगाईराख्नमै सिमित भएको छ भने सिके राउत नेतृत्वको जनमत पनि गठबन्धनप्रति खुसी छैन । आफ्नो मन्त्रालय नपाएपछि भाग नै अस्वीकार नै गरेका उनले वाध्यतावश कृषी मन्त्रालयलाई स्वीकार गरेपनि राउत ठुला दलले नयाँ दललाई पेलेको सार्वजनिक अभिव्यक्ति नै दिइरहेका छन । संयन्त्रको वैठकमा समेत नवोलाएपछि आफूहरुको उपस्थितीलाई नजरअन्दाज गरेको भन्दै राउत असन्तुष्ट रहँदा उपेन्द्र यादव नेतृत्वको जसपाले पहिलेबाटै नाममात्रको समर्थन दिएर कांग्रेसकै लाईनमा छन ।

यद्यपी उनी प्रचण्ड र माधवसंग समाजवादी केन्द्रका नाममा चुनाव जित्ने दाउमा छन् । जुन सहजीकरण प्रचण्डले मात्र गर्न सक्ने वुझेका कारण प्रचण्डलाई नै चिढ्याईहाल्ने अवस्थामा भने उनी छैनन् । जसले गठबन्धनको भविष्य नरहेको भन्ने निष्कर्षमा माओवादी पुगिसकेको छ भने यहि कारण हुनसक्छ माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमतीको विषयलाई अझ शशस्त बनाएका छन् । यद्यपी सहमती खोज्ने विषय गठबन्धन फुटाउने उदेश्य नभएको उनीको तर्क छ ।

यतिवेला प्रचण्ड ओलीलाई देखाएर देउवा तर्साउने र देउवा देखाएर ओली गलाउने दाउमा छन । यहि कारण एमाले नेताहरुको रणनिति प्रचण्ड फकाउने र कांग्रेस तर्साउने तर्फ उन्मुख छ । जहाँ कम्युनिष्टको फुट पछि बाँकि कदम चाल्ने आशामा कांग्रेस छ भने राजनीतिक घटनाक्रमले ओली र देउवा मिले भने के होला भन्ने प्रश्न चाँहि अर्को वहसको विषय बनेको छ ।