Breaking

सुरु भयो महाशिवरात्रिको रौनक, शाधु सन्त र दर्शनार्थीले भरिन थाल्यो पशपतिनाथ


महाशिवरात्रीको पूर्व सन्ध्यामा पाशुपत क्षेत्र थप झकिझकाउ बनेको छ । शाधु सन्तहरुको उपस्थिति बाक्लिन थालेको छ । यस वर्षको महाशिवरात्रीमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामीको उपस्थितिले पनि थप विशेष हुने भएको छ । देशका विभिन्न भु–भाग साथै श्रीलंका भारत लगायतका मुलुकहरुबाट साधु सन्त,महन्त जोगिहरुको आगमन भईसकेको छ । आउने क्रम जारी छ । भक्तजन र साधुसन्तको भीड मन्दिर परिसरको गुन्जयमान भजन कृत्रनले पशुपति क्षेत्रमा महाशिवरात्रीको रौनक ह्वात्तै बढेको छ ।

यस पटकको मेलामा भारतका पूरी मष्टा मठाधीश शंकराचार्य अनन्त श्री विभुषीत निश्चलानन्द सरस्वती महाराजको उपस्थितिले पनि यो पटकको महाशिवरात्री विशेष मानिएको छ । भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्येका सबैभन्दा वरिष्ठ शंकराचार्य महाशिवरात्रीकै लागि विहिवार काठमाडौ आईसकेका छन । शंकराचार्य निश्चलानन्द सरस्वती आठौं शताब्दिबाट सुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् । फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म अािशर्वचन दिने कार्यक्रम हुनेछ । पशुपति परिसरमा महाशिवरात्रीको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम समेत हो । त्यसकारण पनि यो पटक पशुपति क्षेत्रलाई थप सुन्दर र झकिझकाउ बनाउने क्रम अझै जारी छ । पशुपति दर्शन गर्न आउने भक्तजनहरुका लागि सेवा सुविधामा कुनै कमि हुन नदिने पशुपति क्षेत्र विकास कोषको दावी छ । शनिवार हुने महाशिवरात्री मेलामा विगतको भन्दा भक्तजनको संख्यामा वद्धि हुने अनुमान गरिएको छ । हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरु रहने छ ।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर, सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० वटा स्वास्थ्य शिविर रहेन छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन्मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको छ ।