Breaking

काठमाडौं महानगरका कर्मचारीलाई खर्चसहित १५ दिनको बिदा


काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरुलाई खर्चसहित पुनर्ताजगी भ्रमण बिदा दिने भएको छ । महानगरपालिकाले पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९ ल्याउँदै प्रत्येक वर्ष १५ दिनको बिदा दिने व्यवस्था ल्याएको हो । ‘यस्तो बिदा प्रत्येक वर्ष १५ दिनमा नबढाई दिइने छ । उक्त बिदालाई एकै पटक वा दुई पटक गरी स्वीकृत गर्न सकिने छ ।

तर एक पटकमा ७ दिनभन्दा कम अवधिका लागि भने पुनर्ताजगी बिदा स्वीकृत गरिने छैन ऐनमा भनिएको छ । दुई पटक बिदा बस्ने कर्मचारीले बिदा लिने पटकहरूको बीचमा कम्तीमा ४ महिनाको अवधि फरक हुनुपर्नेछ ऐनमा उल्लेख छ । बिदा लिने कर्मचारीले स्वदेशका विभिन्न स्थानहरूको अध्ययन तथा अवलोकन भ्रमण गर्नुपर्ने महानगरले जनाएको छ ।