Breaking

नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३५ घाइते


काठमाडौँ — नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । त्रिशुलीबाट खड्ग भन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।