Breaking

झलनाथ खनाल आज भारत जाँदै


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदैछन् ।

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन नेता खनाल भारत जान लागेको जनाएको छ ।

नेता खनाल आज विहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेको हो । सो क्रममा भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।