Breaking

ओली–देउवा एक हुनसक्ने सम्भावना,समस्या के के ?कांग्रेसप्रति प्रचण्डको यत्रो विश्वास किन ?


काठमााडौँ — राष्ट्रपतिमा राष्ट्रिय सहमतिलाई संस्थागत निर्णय नै गराउने माओवादीको तयारी र विकसित घटनाक्रमले वर्तमान गठबन्धन संकटमा परेको छ । यसले निर्वाचन अघिको पाँचदलिय गठबन्धन व्युतने सम्भावना बढ्दा ओली–देउवा एक हुने वातावरण बन्ने त हैन भन्ने चर्चा समेत सुरु भएको छ । जसले कांग्रेसलाई खुसि दिए पनि एमाले पनि चुप बस्ला भन्ने अवस्था छैन । त्यसो भए एमालेको सम्भावित कदमआवश्यक परे प्रचण्ड नै वाईपास गरेर अघि बढ्ने बन्ला सक्ला त? पुस १० मा बनेको सत्ता गठबन्धन राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् ।

परम्पर विरोधी शक्ती एक ठाँउमा रहेको तथा एकले अर्कालाई दवावमा राख्ने रणनितिका कारण यो गठबन्धन धेरै नजाने विश्लेषकावीच सत्ताघटक दलका नेताहरूका अभिव्यक्ति र केही घटनाक्रमले समेत यसलाई वल पुर्याएको हो । सुरुकै दिनबाट घेराबन्दीमा राख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनितिको शिकार बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुकुल वातावरण बन्नुले समेत गठबन्धनका दलहरुनै गठबन्धन धेरै नटिक्ने आशंका व्यक्त गर्न थालेका हुन । जहाँ राष्ट्रिय सहमतिको राष्ट्रपति भनेको कांग्रेस वोक्ने माओवादीको रणनिति भएको एमाले आशंकलाई चरितार्थ गर्दैै (माओवादी केन्द्र) कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने बाटोमै अघि बढेको छ ।

जसका लागि एमालेसंग पुन एकता गरेर जानसक्ने अवस्था नबन्ने प्रचण्डको बुझाईले भूमिका खेलेको छ भने पाँचबर्ष नै प्रधानमन्त्री बन्ने सकिने लालच पनि जोडिएको छ । अर्कातर्फ वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षमा माओवादी छ ।यहिवीचमा सुरुबाटै असहज वातावरण निर्माणमा लागेका ओलीकै पछि लागेर अघि बढ्ने कि आफ्नो विश्वासको मतमा आनन्दले काम गर्ने निर्णय गर्न प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्मको समय रहेको दवाव समेत कांग्रेस नेताहरुले पारिरहेका छन ।

जसले वारपारकै वाटोमा हिड्ने मुडमा माओवादी पुग्दा उसले गर्न लागेको निर्णयसँगै राष्ट्रिय राजनीतिमा ‘नयाँ कोर्स’ सुरू हुने सम्भावना वढि छ । जुन तत्कालिन पाँचदलिय गठबन्धन फिर्तामै समेटिएर अघि बढ्छ कि नयाँ समिकरण सुरु हुन्छ यसै भन्न सकिने अवस्था भने छैन । जहाँ एमालेको रणनिति कस्तो बन्छ भन्ने विषय चासोपूर्ण छ ।

यता ओली भने यतिवेला सकेसम्म प्रचण्डलाई नै वोकेर हिडने रणनितिमा छन । तर कसैगरे राष्टपति गुमे प्रधानमन्त्री बन्ने आफ्नो पालो पनि गुम्ने डरमा रहेका उनी यो अवस्थामा भने कांग्रेससंग सहकार्यको वातावरण बनाउने तयारी थालेका छन । त्यसका लागि प्रचण्डलाई बाईपास गरेर देउवालाई प्रधानमन्त्री नै बनाउन पनि एमाले पछि नपर्ने विश्लेषण अहिले चर्चामा रहदाँ त्यसका लागि दोश्रो तहका नेताहरुलाई मध्यस्तकर्ताकै रुपमा अघि बढिरहेका छन । तर पुस १० गते प्रचण्ड रिसाएर वालकोट पुगेपछि ३ बजेसम्म ओली आफूकहाँ आउने विकल्प पर्खिरहेका देउवाको विश्वास जित्न भने ओलीलाई त्यति सहज छैन ।

त्यतिवेला आफू माओवादीसंग नजाने बरु परि आए कांग्रेसलाई नै बोकेर हिड्ने ओलीको भाष्यले धोका पाएका देउवा तिनै धोकाका वखत समेत साथ दिएको प्रचण्डलाई छोड्लान त भन्ने प्रश्न यसमा मुख्य बनेको छ । तर यहिवीचमा ज्योतिषको भविष्यवाणिअनुसारको संख्या पुर्याउन तड्पिरहेका उनले प्रधानमन्त्री नै बन्ने अवसर पाए राष्ट्रपतिमै झुण्डिएलान भन्ने अवस्था पनि छैन । अर्कातर्फ ओली वोकेर होस या प्रचण्ड कम्युनिष्ट फुट नै आफ्नो मुख्य ध्येय बनाएका देउवाका लागि यो अवसर सिर्जना गर्न समेत प्रचण्डको विश्वासको मत नै मुख्य कारण बन्ने छ ।

यसको अर्थ आफ्नो रणनितिमा पनि सफल भएको तथा घुमिघुमि आफ्नो भागमा सत्ता आउँदा देउवाले मन फेर्न सक्ने एमालेको बुझाई हुनसक्छ । त्यस्तै एमालेका लागिदेशमा अस्थिरतातर्फ उन्मुख भएको र त्यसको कारण प्रचण्ड नै भएका कारण यसबाट देशलाई मुक्ति दिन कांग्रेस वोक्नुको विकल्प नभएको वहाना बनाउने परिस्थिती भने बन्नु जरुरी छ । यताप्रचण्ड पनि कांग्रेसले गर्न सक्ने वेईमानी र ओलीले चाल्न सक्ने सम्भावित रणनिति वारे वेखर छैनन् । यद्यपी तत्काल बाटो स्पष्ट गनुपर्ने बाध्यता समेत उनी छन् । जहाँ कांग्रेस भने तत्काल सत्ता प्राप्ति र कम्युनिष्ट फुटको दुई उदेश्य केन्द्रीत छ । जसका लागि पहिले गठबन्धन फुटको पर्खाईमा बसेको उसले अहिले नै अनपेक्षित बाटो समात्ला भन्न सकिने अवस्था पनि छैन भने शक्ती केन्द्रहरुको वढ्दो चासोले समेत आगामी राजनीतिक कोर्ष प्रभावित बन्नेमा दुईमत छैन ।