Breaking

ओलीमाथि धोका, राष्ट्रपतिमा काँग्रेसलाई सघाउने माओवादीको औपचारिक निर्णय आउँदै, अब एमाले के गर्ला ?


काठमाडौँ — राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेको नेकपा माओवादी केन्द्रले काँग्रेसलाई सघाउने सम्भावना बलियो बन्दै गएको छ । पार्टीबाट औपचारिक रुपमैनिर्णय गर्दै काँग्रेसको उम्मेदवारलाई समर्थन दिने माओवादीको तयारीले एमाले अब के गर्ला भन्ने प्रश्न पनि उठाएको छ । नेपाल भित्रिएको मात्र दुईदिनमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सबैलाई भ्याएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले १६ भेटवार्ता सम्पन्न गरे ।भारतीय विदेश सचिवलाई भेट्न पार्टीका अध्यक्षदेखि राष्ट्रपतिसम्मलाई फुर्सदैफुर्सद ।

एउटा सचिवस्तरिय व्यक्तिलाई नेपालले दिएको भाउ हेर्दा नेपाली कुटनीतिको भाउ भने कौडीमा सीमित बनेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त दुईघण्टा लामो वान वान वार्ता गरेका क्वात्रा स्वदेश फर्किएलगत्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसलाई सघाउने औपचारिक निर्णय गर्दैछ ।अब क्वात्रा र प्रचण्डबीच एक्लाएक्लै गोप्य कोठामा के–के सहमति भयो विस्तारै खुल्दै जाँला । तर अहिलेका लागि माओवादीले काँग्रेसलाई सघाउने औपचारिक निर्णय गर्नु नै नेपाली राजनीतिका लागि ठूलो ब्रेकिङ बन्ने भएको छ । तर प्रश्न छ, माओवादीको यो निर्णय लगत्तै गठबन्धनको नेतृत्वकर्ता एमाले के गर्ला ?

नेकपा माओवादी केन्द्रको आधिकारिक स्रोतका अनुसार राष्ट्रिय सहमतिका नाममा काँग्रेसका रामचन्द्र पौडेल वा कृष्ण सिटौलामध्ये एकलाई राष्ट्रपति बनाउने सहमति हुँदैछ । फागुन १० मै गठबन्धन भत्काउँछौं भन्ने काँग्रेस महामन्त्रीको भनाइ भारतीय विदेशसचिवको भ्रमणसँगै सार्वजनिक भएको हो ।मंगलबारमात्रै एमाले अध्यक्ष ओलीले देशी विदेशी शक्तिले गठबन्धन भत्काउन जोडबल गरेको भन्दै समीकरण फेरबदलको संकेत यसै आएको होइन ।

जसको पटाक्षेप माओवादीको निर्णयसँगै विस्तारै सतहमा आउनेछ । तरपुस १० मा एमालेसँग भएको सहमति तोड्दै प्रचण्ड काँग्रेसको कित्तामा उभिए एमाले कि सरकारबाट बाहिरिने कि प्रचण्डको रोजाईलाई स्वीकार्दै गठबन्धनमै बस्नुपर्ने बाध्यतामा पर्नेछ । यद्यपी उसले राष्ट्रपति पाउने विषय थप कमजोर बन्दै गएको छ । एमालेको भागमा परे बबार्दै हुन्छ भनेर बसेका विपक्षीहरु पनि राष्ट्रपति खोस्न हात धोएर लागिपरेका छन् ।

राष्ट्रपतिकै छिनोफानोपछि गठबन्धनको पनि आयु टुंगिने छ ।राप्रपालाई सरकारबाट निकालेर जसपा र नेकपा एस भित्र्याउने प्रधानमन्त्रीको तयारीका अघि एमाले थप पेलानमा पर्दै जानेछ ।सत्तापक्ष भएरै सरकार विरुद्ध खरो उत्रिएका राप्रपा सांसदको भूमिका प्रचण्डलाई चित्तबुझेको छैन ।

उनी गठबन्धनभित्र एमालेलाई एक्ल्याएर बहुमतमा पुग्न पनि समीकरण सहज बनाउने दाउमा छन् । यसले उनलाई पाँचै बर्ष प्रधानमन्त्रीमा सुरक्षित राख्नेछ ।जसकै लागि काँग्रेसलाई समर्थन प्रचण्ड बाध्य हुँदैछ । तर काँग्रेससहितको समीकरण बनाउने र रास्वपा, राप्रपा लगायतका अन्य दललाई रोकेर बहुमत पुग्नै नदिने सुविधाएमाले अध्यक्ष ओलीलाई पनि भएकाले अबको चालबाजीपूर्ण उनको कदम पनि निर्णायक बन्नेछ ।