Breaking

मैले झगडा गरेको छैन: कलाकार पवन खतिवडा


काठमाडौँ — मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेको भनिएका कलाकार पवन खतिवडाले झगडा नगरेको तर घटना भएको स्थानमा भएको कारण प्रहरिले अनुसन्धान गर्न लगेको उनको भनाई छ । उनले आफ्नो फेसकुमा एक स्टाटस लेख्दै यसो भनेका हुन् । उनले आफ्नो विरुद्धमा समाचार लेख्ने मिडियाप्रती समेत दुःख व्यतm गरेका छन् । उनले लेखेका छन् ।

मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे ? कस्ले दियो प्रमाण ? म घटना भाको स्थान मा भएको कारण प्रहरिले अनुसन्धान गर्न लगेको हो। उनिहरु साथी साथी झगडा गरेका हुन। के हो पत्रकारिता ? रबिदाइ ले यसै भनेको हैन नि मान्छेको जीवन सङ्ग खेलवाड गर्ने ? यहाका Inspecter खगेन्द्र धमलालाई सोधे हुन्छ नसोधी जे मन लाग्छ त्यही लेखि दिने ? यो समाचारको आधार के हो ? मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन। झगडाबाट टाढै भाग्ने मान्छेलाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने ? टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका ? स्वयम पिडित जीवन कार्किलाइ सोध्नुस बेलबारी प्रहरिलाइ सोध्नुस के हो वास्तविकता ? betana daily भन्ने page त यहि को स्थानिय हैन नबुझी अर्कालाइ बदनाम गर्ने ? अनि Onlinekhabar, setopati जस्ता चलेका page को के पारा हो यो ? अरुले जे लेख्यो copy past कस्ले दियो समाचार मैले टाउको फुटाए भनेर ?