Breaking

पक्राउ परेका कलाकार पवन खतिवडा छुटे


काठमाडौँ — मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा हिरासतबाट छुटेका छन् । बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए । सामान्य विवाद भएको थियो । अहिले मिलापत्र गरेर गइसक्नुभयो,’ उनले भने ।

मंगलबार राति बेलबारी नगरपालिका १ स्थित एक होटलमा मापसे गरी कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको थियो । उनी र सोही ठाउँका रमेश भण्डारीले बेलबारी ४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए । त्यसपछि प्रहरीले उनीहरू दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेको थियो ।