Breaking

ल्होत्से मलमा मोबाइल पसल लुटपाट गर्ने चार जना पक्राउ


काठमााडौँ — बालाजुको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चार जना आरोपितलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले जानकारी दिए । बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो । गत सोमबार साँझ ६ बजे उनीहरूले ल्होत्से मलमा रहेको एसिडिसी मोबाइल प्रालि, डायमोन्ड मोबाइल प्रालि र सुपर मार्केटमा मोबाइल, चार्जरलगायत चोरी गरेका थिए ।

दैलेख घर भई काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं २२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायत बरामद गरेको छ ।