Breaking

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्दै


काठमाडौँ — नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । यही साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी दिए ।

यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने उनले बताए । ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ । नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ ।

उसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको हो । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यो विषयमा दुवै अध्यक्ष ९ओली र प्रचण्ड० का बीचमा सहमति भइसकेको बताए । उनले सोही सहमति अनुसार सबै कुरा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।