Breaking

सीआईबीले फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो


काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार १० जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि गरेको थापाले जानकारी दिए । नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।