Breaking

दिल्लीस्थित बीबीसी कार्यालयमा छापा, सम्पूर्ण कर्मचारीको मोबाइल फोन कब्जामा


काठमाडौँ — नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनले सुरक्षा निकायमाथि उठ्यो प्रश्न, सरकारको आश्वासनपछि मजदुरको आन्दोलन फिर्ता, अनाहकमै सास्ती दिएको सर्वसाधरणको गुनासो । सोमवार बालाजु नयाँ बसपार्क क्षेत्रमा घटेको घटनाले यत्ति बेला सरकार र सुरक्षा निकाया प्रश्नको घेरामा छन् । नागरिकको सुरक्षाप्रति सरकार कति जिम्मेवार छ भन्ने विषय आलोचना र बहसको केन्द्रमा छ । सोमवार काठमाडौको बालाजु नयाँ बसपार्क क्षेत्र एकाएक रणभूमि बन्यो ।

सुरक्षाकर्मीको गाडी जलाईयो । प्रहरी प्रशासनले एउटा भुगोल नै आन्दोलनकारीलाई सुम्पिएपछि नजिकैको लोत्से मलमा रहेका पसलहरुको तोडफोड र लुटपाटले अहिले सामाजिक सञ्जालमा बहस नै सुरु गरेको छ । यो घटनाले २०६१ सालमा भएको काठमाडौ उपत्यकामा भएको हिंसाको झल्को दिएको महशुस नागरिकले गरेका छन । ट्राफिक प्रहरी र यातायात मजदुरबीचको विवादबाट उत्पन्न भएको परिस्थिीतीले आन्दोलनकै रुप लियो । लुटपाट आतंक नै मच्चाएको दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमको विरोधमा भएको सडक अवरोध झडपमा परिणत भयो । आफ्नो दैनिकीको सुरक्षा खोजेको मजदुरले सडक तताए । तर त्यसको सास्ती भने सर्वसाधरणले व्यहोर्नु प¥यो । बालाजु क्षेत्रमा सामान्य व्यापार गरेर गुजारा चलाउने सर्वसाधरण सोमवारको घटनाले अझै अत्तालिएका छन् । सोमवारबाट सुरु भएको विरोधले मंगलवार दिनभर सार्वजनिक यातायात ठप्प हुँदा त्यसको प्रत्यक्ष मारमा सर्वसाधरण परे । आन्दोलन फिर्ता लिए पनि सवारीसाधन चलेनन् ।

एकाएक तोडफोड भएपछि लोत्स मल र त्यहाँ व्यवसाय सञ्चालन गरेका व्यापारीहरु तनावमा छन । वैकको चर्को व्याजमा बैंकबाट ऋण लिएर व्यवशाय सञ्चालन गरेका व्यवसायीहरु ज्यान जोगिएकोमा जति खुशी छन अहिले तहसनहस भएको पसल हेर्दे मर्नु न बाच्नुको अवस्थामा पुगेका छन् । व्यापारीहरुले मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेका छन् । नयाँ बसपार्क घटनावारे उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने प्रतिवद्धता जनाएका छन । मंगलवार सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका छन ।

सरकारसँग भएको वार्तापछि यातायात मजदुरहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेको छ । नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई तत्काल फिर्ता गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने लगायतका सहमति भएपछि आन्दोलन फिर्ता लिएको जनाएको छ । गृह मन्त्रालय खाली छ । गृहसचिवले छानविन गर्न ओठे दिईसकेका छन । तर सोमवार भएको उक्त घटनाले सुरक्षा संवेदनशीलतामा भने ठुलो प्रश्न उठाएको छ । सुरक्षा निकायमाथिको चरम राजनीतिकरणले सुरक्षाकर्मीको मनोबल व्यापक गिरेको अवस्थालाई समेत उजागर गरेको विश्लेषण सुरु भएको ।